१९ असार २०८३, शुक्रबार | July 3, 2026

नेपालगन्जमा पहिलो बुक क्याफे ‘कुटुम्ब’ बुधबारबाट संचालनमा आउँदै



नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक क्याफेमा बसेर किताव पढ्न पाइने भएको छ । सदभावको शहरकारुपमा रहेको नेपालगन्जमा पहिलो बुक क्याफेकारुपमा कुटुम्ब क्याफे संचालनमा आएसँगै पुस्तकका पारखीहरुले चिया कफिको चुस्कीसँगै पुस्तकको आनन्द लिन पाउने भएका हुन् ।

पुस्तक व्यवसायी बासु भण्डारीले बुधबार देखि नेपालगन्जमा कुटुम्ब बुक क्याफे संचालनमा ल्याउन थालेका हुन् । लामो समयदेखि स्टेसनरी तथा खेलकुद सामाग्रीको कारोबार गर्दै आएका भण्डारीले अध्ययनशिल बौद्धिक वर्गलाई लक्षित गर्दै बुक क्याफे संचालनमा ल्याउन थालेको बताए ।

नेपालका अन्य शहरहरुमा बुक क्याफेहरु संचालनमा रहेपनि नेपालगन्जमा बुक क्याफेको आवश्यकता महसुस गरिँदै आएको थियो । नेपालगन्जमा संचालनमा रहेका केही क्याफेहरुले अनौपचारिक पत्रपत्रिका र केही कितावहरु राख्न गरेपनि पुस्तकको उपलब्धता सहित खुल्ने कुटुम्ब बुक क्याफे पहिलो भएको संचालक भण्डारीले दाबी गरे । नेपालगन्जको धम्बोझीमा खोल्न थालिएको कुटुम्ब बुक क्याफेको बुधबारबाट सेवा आरम्भ हुने उनले बताए । उनले क्याफेमा नयाँ प्रकाशित पुस्तक तथा दुर्लभ ऐतिहासिक पुस्तकहरु पढ्ने ब्यवस्था मिलाइएको बताए ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ७ : ०७ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०