८ असार २०८३, सोमबार | June 22, 2026

नेवा: संस्कार र संस्कृति संरक्षणार्थ धिमे नाच र बाजा बजाउने तालिम



पोखरा । नेवाः संस्कार एवं संस्कृति प्रवद्र्धन र संरक्षणको उद्देश्यका साथ पोखरामा पहिलोपटक धिमे नाच र धिमे बाजा बजाउने तालिम दिइएको छ ।

नेवारी संस्कृतिको मौलिकता जगेर्ना गर्दै यसतर्फ युवाहरूको आकर्षण अभिवृद्धि गर्न नेवा मिसा पुच कास्कीको आयोजना र पोखरा महानगरपालिका(३ को सहयोगमा ४० जना युुवायुुवतीलाई १५ दिन तालिम दिइएको हो ।

नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखे पोखरामा नेवा संस्कार संस्कृति प्रवद्र्धन र संरक्षणको लागि युवालाई पोखरामै पहिलोपटक धिमे नाच र बाजाको तालिम दिइएको बताए ।

नेवाः मिसा पुचः कास्कीले लोपोन्मुख अवस्थाका पञ्चबुद्ध नाच, कुमारी नाच, चर्या नृत्य तथा धिमे नाचलाई पोखरामा पुनजागृत गरेको उल्लेख गर्दै उनले नाचलाई व्यवसायीकरण गर्नुपर्नेमा जोड दिए । पोखरा महानगरपालिका वडा नं ३ का वडाध्यक्ष प्रकाशमान उदासले संस्कार र संस्कृतिलाई जोगाइराख्न सकेमात्र पहिचान कायम रहने बताए ।

नेवाः खलः, नेवा ल्याम्ह पुचः, नेवा पत्रकार तथा मिसा पुचहरूको सहयोगमा नेवारी समुदायको संस्कृति झल्कने सङ्ग्रहालय निर्माण भएको बताउँदै उनले संस्कृतिको जगेर्ना आवश्यक भएको उल्लेख गरे ।

नेवा मिसा पुचः कास्कीका अध्यक्ष सङ्गीता बज्राचार्यले तालिमका सिकाइलाई व्यवहारमा उतार्न निरन्तरको अभ्यास आवश्यक रहेको बताइन् । प्रशिक्षार्थीलाई विकेश महर्जन र लिजा महर्जनले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १० : ०९ बजे

माधव र रुबिना बने प्रथम लुम्बिनी क्लासिक विजेता

दांङ । राष्ट्रिय स्तरको प्रतिष्ठित खेलकुद प्रतियोगिता ‘प्रथम लुम्बिनी क्लासिक

मनसुन थप चार प्रदेशमा विस्तार

काठमाडौँ । नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश

लायन्स क्लब अफ बुटवल खस्यौलीको पदहस्तान्तरण सम्पन्न

बुटवल । सामाजिक सेवामा समर्पित लायन्स क्लब अफ बुटवल खस्यौलीको

रास्वपा महाधिवेशन : अझैसम्म सुरू हुन सकेन बन्दसत्र

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशन

ग्रे लिस्टबाट बाहिरिन नेपाल असफल, एफएटीएफले राख्यो यथावत्

काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई सम्पत्ति