१५ पुस २०८२, मंगलबार | December 30, 2025

राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनलाई सहयोग गर्न नागरिक उन्मुक्तिलाई कांग्रेसको आग्रह



धनगढी । राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनलाई सहयोग गर्न नागरिक उन्मुक्ति पार्टीलाई आग्रह गरिएको छ।

नेपाली कांग्रेस कैलाली जिल्ला पार्टी कार्यालय धनगढी बसेको गठबन्धन आवद्ध दलहरूको बैठकले सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्ति पार्टीलाई सहयोग गर्न आग्रह गरेको हो।

बैठकले कैलाली जिल्लामा रहेका प्रदेश सांसद, नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षसँग प्रत्यक्ष सम्पर्क गरेर जिल्लामा समन्वय गर्ने निर्णय गरेको कांग्रेस कैलालीका सचिव केशव राज मिश्रले बताए। ुगठबन्धन दलहरू एक भएर अगाडि बढ्नुपर्छ। यसले राम्रो सन्देश पनि दिन्छ। अहिले विभाजित हुने बेला होइन्, सबैले मिलेर विकास गर्ने बेला हो,ु मिश्रले भने।

मिश्रको संयोजकत्वमा बसेको बैठकमा नेकपा माओवादीका तर्फबाट दुर्गा वडुवाल, नेकपा समाजवादीबाट दीर्घराज कापडी जोशीलगायतको सहभागीता रहेको थियो।

बैठकमा राष्ट्रियसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस कैलाली सभापति नारायण दत्त भट्ट, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् राष्ट्रियसभा सदस्य उम्मेदवार रेणु चन्द उपस्थित रहेका थिए।

 

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ३ : ०४ बजे

समानुपातिकतर्फ ६३ दलले बुझाए बन्दसूची, कांग्रेसको सूची पर्खाइमा निर्वाचन आयोग

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रास्वपाले चार कलाकारलाई समानुपातिक उम्मेदवार बनायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते

मुक्तिनाथ-तेताङ चक्रपथ सडक निर्माण

मुस्ताङ । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक

बुटवलमा आजदेखि तीनदिने ‘बुटवल सडक खाना महोत्सव-२०८२’ सुरु हुँदै

बुटवल । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुटवलमा आजदेखि तीन