२२ बैशाख २०८१, शनिबार | May 4, 2024

बुटवलमा प्राङ्गारिक कृषि मेलाको तयारी : सुझाव सल्लाह लिन परामर्श बैठक



बुटवल । बुटवल उद्योग वाणिज्य संघले यहि फागुनमा बुटवलमा सञ्चालन गर्न गईरहेको प्राङ्गारिक कृषि मेलाको सन्दर्भमा परामर्श बैठक गरिएको छ । बुधबार संघको सचिवालयमा आयोजना गरिएको बैठकमा कृषिसंग सम्बन्धित सरकारी संस्थाका प्रमुख तथा प्रतिनीधि, संघका परामर्शदाता लगायतको सहभागिता रहेको थियो । संघको आयोजनामा फागुन १० देखि १४ गतेसम्म बुटवलमा प्राङ्गारिक कृषि मेला हुँदैछ ।

बैठकमा मेलाको बारेमा जानकारी गराउँदै संघका अध्यक्ष हरीप्रसाद अर्यालले कृषिमा यान्त्रिकीकरण तथा बैज्ञानिक कृषि प्रणालीको प्रवद्र्धन गरी व्यवसायिक कृषिको विकासका लागि प्राङ्गारिक कृषि प्रणालीलाई जोड दिएर कृषि मेला आयोजना गरिएकोले यसलाई नाफाघाटा भन्दा पनि सफल बनाउन सबैको उत्तिकै भूमिका रहने बताए ।

उनले कृषिमा व्यवसायिक विकासका माध्यमबाट मुलुकको अर्थतन्त्रमा पनि ठूलो योगदान हुन सक्ने बताउँदै कृषिमा आधारिक औद्योगिक विकासलाई पनि संगसंगै अगाडि बढाउन सकिने धारणा राखे । उनले मेला सफल बनाउनको लागि आफ्नो ठाउँबाट सहयोग गर्नको लागि सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधिहरुलाई आग्रह समेत गराए ।

त्यस अवसरमा संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले नेपालमा बहुसंख्यक जनता कृषिमा कर्ममा रहेपनि मुलुकको अर्थतन्त्रमा कृषिको योगदान न्यून हुनु राम्रो नभएको बताउँदै कृषि व्यवसायलाई प्रवद्र्धन विकास गर्नको लागि संघले विगतदेखि नियमित रुपमा कृषि मेला सञ्चालन गर्दै आएको बताए ।

त्यस्तै संघका पूर्वअध्यक्ष खिमबहादुर हमालले व्यवसायिक कृषिको विकासको लागि संघले २०६२ सालदेखि विशिष्टिकृत कृषि मेला सञ्चालन गर्दै आएको र छैठौं र एघारौं राष्ट्रिय प्राङगारिक कृषि मेला पनि सफलतापूर्वक सम्पन्न गर्न सफल भएको जानकारी गराए । उनले कृषिको विकासको लागि सरकारबाट जति हुनुपर्ने हो, त्यो हुन नसकेको बताउँदै निजी क्षेत्रको एकल प्रयासले मात्रै ठूलो उपलब्धि हासिल गर्न कठिनाई हुने भनाई राखे ।

बैठकमा लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालय निर्देशक रामप्रसाद पाण्डे, पशुपंछी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु अधिकृत लेखनाथ भुसाल, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन इकाई भैरहवाका वरिष्ठ कृषि अधिकृत नारायण काफ्ले, नेपाल लाईभस्टक सेक्टर इन्नोभेसन परियोजना, कार्यान्वयन इकाई बुटवलका डा। अरुण खनाल लगायतले कृषिको व्यवसायिक विकासलाई जोड दिएर बुटवल उद्योग वाणिज्य संघले निरन्तर कृषि मेला गर्दै आएको स्मरण गरे । उनीहरुले पछिल्लो पटक आयोजना गरिएको कृषि मेलालाई सफल बनाउनको लागि आफ्नो कार्यालयको तर्फबाट पूर्ण सहयोग रहने पनि प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कृषि शाखा प्रमुख सन्तोष जिसी, सैनामैना नगरपालिका कृषि शाखाका रविन्द्र ज्ञवाली, देवदह नगरपालिकाका कृषि प्राविधिक पविन्द्रकुमार मल्लले पनि सम्बन्धित नगरपालिकाबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारी, कृषि परामर्शदाता डा। प्रदिपकुमार शर्मा पौडेल लगायतले भनाई राखेका थिए ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ४ : ४५ बजे

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ

गुरुकुल एकेडेमीमा शिक्षक प्रशिक्षण सम्पन्न

कपिलवस्तु । कपिलवस्तु-६, बर्मेलीमा अवस्थित गुरुकुल एकेडेमीमा विद्यालयका शिक्षक शिक्षिकाहरुलाई

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैन, यहाँका जनताको आर्थिक एवं सामाजिक विकासमा लाग्नेछु : प्रधानमन्त्री प्रचण्ड

सर्लाही । प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको

सुदूरपश्चिमको प्रदेश सभा बैठक आजपनि स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि