२ पुस २०८२, बुधबार | December 17, 2025

प्रधानमन्त्री कप क्रिकेट : कर्णालीको दोस्रो जित, लुम्बिनीको दोस्रो हार



भैरहवा । घरेलु टिम लुम्बिनी प्रदेशलाई ६० रनले पराजित गर्दै कर्णाली प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तीन खेल खेलेको कर्णालीले २ मा जित र एकमा हार व्यहोरेको छ भने लुम्बिनीले दुई खेलमा हार ब्यहोर्दा एकमा जित निकालेको छ ।

बुधबार रुपन्देहीको भैरहवास्थित, सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले मौसमका कारण छोट्याइएको निर्धारित ४५ ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय ८४ रनको मध्यमस्तरको योगफल बनाएको थियो ।

कर्णालीका लागि अलराउन्डर दिनेश अधिकारीले ५९ बलमा अविजित सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेले । उनले ६ चौका र २ छक्का प्रहार गरे । यस्तै, कर्णालीका लागि दीपेन्द्र रावतले ४७, हिमान्शु शाहीले २५ र ओपनर रवीन्द्र शाहीले ११ रन बनाए पनि अन्य कुनै ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । यद्यपि जितका लागि उनीहरुको योगदान पर्याप्त भयो । बलिङमा लुम्बिनीका निर्मल गुरुङ र अभिषेक गौतमले समान ३-३ विकेट लिँदा मोहम्मद हुसेन, कृष्ण कार्की र अजय चौहानले १-१ विकेट लिए ।

१ सय ८५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको लुम्बिनी प्रदेश ४१ ओभर दुई बलमा सबै विकेट गुमाउँदै १ सय २४ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न ६ ओभर बलिङ गरेका कर्णालीका दिनेश अधिकारीले १ मेर्डन राखेर १८ रन खर्चंदै ३ विकेट लिए । यस्तै, अनुज चनारा र दीपेन्द्र रावतले समान २-२ तथा दिवान पुनले १ विकेट लिए ।

लुम्बिनीका लागि ७७ बलको सामना गरेका कृष्ण कार्कीले ३ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ४७ रन बनाए । यस्तै, मिर्नाल गुरुङले २२ रन बनाउँदा मोहम्मद हुसेन र निर्मल गुरुङले समान १० रन जोडे । कप्तान सुशान्त थापा १ रनमै पेभेलियन फर्किए । सुरुका ब्याट्सम्यानले नै दोहोरो रन बटुल्न नसक्दा लुम्बिनी घरेलु मैदानमा नै हार व्यहोर्न पुग्यो । खेलमा कर्णालीका दिनेश अधिकारी प्लेयर अफ द म्याच भए । लुम्बिनीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले हराएको थियो भने दोस्रो खेलमा सुदूरपश्चिमसँग ५ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ५ : ०६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल