२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

रुपन्देहीका ब्यापारीलाई ज्यान मार्ने धम्की दिएर रकम माग्ने ३ जना पक्राउ



चितवन । चितवनमा ज्यान मार्ने धम्की दिई १५ लाख रकम माग गर्ने ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका वडा नं २१ बस्ने २७ वर्षीय सरोज सुनार, वडा नं १ बस्ने  २६ वर्षीय दीपक बि.क र वडा नं २६ बस्ने २५ वर्षीय सागर बि.क रहेका छन् ।

उनीहरूले गत पुस २८ गते रुपन्देही घर भई हाल भरतपुर महानगरपालिका वडा न १ मा व्यवसाय गरी बस्ने करन गुप्तालाई बारम्बार अपरिचित एनसेलको विभिन्न नम्बरबाट फोन गरी १५ लाख रकम माग गरेको र यदि नदिएमा सुट गरी मार्ने धम्की दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

रकम फिरौती र ज्यान मार्ने धम्की पटक पटक दिएको भनी निवेदन प्राप्त हुनासाथ तत्काल प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहको कमान्डमा विशेष प्रहरी टोली परिचालित गरी विभिन्न प्रविधि को प्रयोग तथा सूचना सङ्कलन तथा शङ्कित व्यक्तिको निगरानी गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ । धाक धम्की दिई रकम माग गर्ने व्यक्ति तथा सो कार्यमा संलग्न मानिसहरूको पहिचान तथा खोजतलास गर्ने क्रममा उनीहरूलाई मङ्गलवार भरतपुर महानगरपालिका स्थित विभिन्न स्थानबाट माग बमोजिमको फिरौती रकम लिन आएको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाई छ ।

उनीहरूलाई चितवन जिल्ला अदालतबाट आपराधिक षड्यन्त्र मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ९ : ५० बजे

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो