४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

प्रधानमन्त्री कप क्रिकेट : कोशीमाथि आर्मी ९ विकेटले विजयी



काठमाडौं । त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ ।

जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले दिएको ८९ रनको लक्ष्य पछाएको त्रिभुवन आर्मी क्लबले ९।५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

आर्मीको जितमा इमरान सेख र सन्तोष कार्कीले ३२/३२ रन बनाएका थिए भने कुशल मल्लले २२ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले २४.४ ओभरमा अल आउट हुदै ८८ रन बनाएको थियो ।

कोशीका लागि कप्तान अंकित सुबेदीले सर्बाधिक ४१ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

कोशीलाई कम रनमा अल औअत गर्ने क्रममा आर्मीका बलर शाहाब आलमले ६ विकेट लिएका थिए । आलमले ६।४ ओभरमा ३ मेडनसहित १४ रन दिएर ६ विकेट लिएका थिए ।

त्यस्तै कुशल मल्लले २ तथा सोमपाल कामी र विवेक यादवले एक एक विकेट लिएका थिए ।

योसँगै आर्मीले जारी प्रतियोगितामा तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ । त्यस्तै कोशी प्रदेशले भने लगातार चौथो हार बेहोरेको छ ।

अब कोशी प्रदेशले अर्को खेल शुक्रबार बागमती प्रदेशसँग टियु मैदानमा खेल्ने छ भने आर्मीले आइतबार नेपाल पुलिस क्लबसँग भैरहवामा खेल्ने छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  १ : २८ बजे

मलङ्गवामा सव–इञ्जिनियरको गोली हानी हत्या

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–१० मा आज साँझ सव–इञ्जिनियरको

भ्रामक सूचनाको पछि नलागि एचपिभी खोप लगाउन आग्रह

काठमाडौँ । सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा

पेट्रोलियम पदार्थको बढ्यो मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल

नेपालको समाजवाद समुदायमा आधारित हुन्छ : संयोजक प्रचण्ड

रुकुम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्त : टस जितेर पाकिस्तानद्वारा पहिले बलिङको निर्णय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत क्रिकेट जगतकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये