६ माघ २०८२, मंगलबार | January 20, 2026

गाउँको विकासले दङ्ग छन् पश्चिम दाङका जनता



तुलसीपुर । पश्चिम दाङलाई जिल्लाको विकट क्षेत्रका रुपमा लिइन्छ । त्यसलाई दाङको ‘कर्णाली’ भनेर चिनाइन्छ । विकासको दृष्टिकोणले पछि परेको त्यो ठाउँमा अहिले भने धमाधम विकास निर्माणको काम भइरहेको छ । दाङको पश्चिम क्षेत्रमा पर्ने बबई गाउँपालिकामा सडक, ढल निकास, खानेपानी, सिँचाइलगायत पूर्वाधारका काम भइरहेका छन् ।

विगतमा खानेपानीको समस्या भएको बबई गाउँपालिकाको जलुके, हुरुमका लागि सिँचाइ र खानेपानीको काम भइरहेको छ । प्रदेश सरकारले सिँचाइका लागि रु १० लाख र खानेपानीका लागि रु २० लाख बजेट विनियोजन गरेपछि काम अघिबढेको हो । “हामीलाई खानेपानीको निकै समस्या छ, धेरैपटक माग ग¥यौँ, अहिले बजेट परेको छ”, जलुके निवासी रतिराम विकले भने, “यो काम पूरा भएपछि हामीलाई धेरै सहज हुनेछ ।”

ढल निर्माण भएको लामो समयसम्म पनि कालोपत्र हुन नसकेको आदर्श नगर हापुरे टोलमा अहिले कालोपत्रको काम अघि बढेको छ । प्रदेश सरकारको रु एक करोड ३० लाख बजेटमा सोही ठाउँमा सडक कालोपत्र भइरहेको छ । बबई–५ स्थित रोल्पालीतरा–जिरायत कुलो निर्माणको काम पनि जारी छ । सोही वडाको सिमगैरा–पल्लोतरा सिँचाइ योजनाका रु १० लाख विनियोजन भई काम अघि बढेको छ ।

आनन्द नगर टोलमा ढल निर्माण भएको छ भने प्रगतिशील आधारभूत विद्यालयको भवन पनि धमाधम बनिरहेको छ । बबईको विकट क्षेत्र वडा नं १ को जिला, सिमलकुना जोड्ने बबई नदीमा पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।

बबई गाउँपालिकाले पहिलो पटक सांसद र मन्त्री पाएको छ । लुम्बिनी प्रदेशको अर्थमन्त्रीमा धनबहादुर मास्कीले जिम्मेवारी पाएकाछन् । पश्चिम क्षेत्रको विकासमा आफू दत्तचित्त भएर लागेको उनले बताउँदै आएका छन् । “पश्चिम क्षेत्र अब कर्णाली रहँदैन, विकट क्षेत्रमा पनि मेरो नजर परेको छ”, उनले भने, “सबै क्षेत्रको विकासका निम्ति बजेट विनियोजन गरेको छु ।”

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  २ : ११ बजे

भरतपुर महानगर प्रमुख रेणु दाहालले दिइन पदबाट राजीनामा

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस सभापति गगन थापाले फेरे निर्वाचन क्षेत्र, सर्लाही-४ बाट उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो निर्वाचन क्षेत्र

ओखलढुंगामा रामहरि खतिवडाको टिकट खोसियो, कांग्रेसको नयाँ उम्मेदवार कुमार लुईंटेल

काठमाडौं । नेपाली कांग्रेसले ओखलढुंगामा प्रतिनिधिसभा सदस्यका लागि तय गरिएको

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन् ।