८ पुस २०८२, मंगलबार | December 23, 2025

बहुमत सभासदहरुले बहिस्कार गरेपछि बाँके डुडुवा गाँउपालिकाको १५ औँ गाउंसभामा स्थगित



नेपालगन्ज । गाँउसभाका बहुमत गाँउसभा सदस्यहरुले सभा बहिस्कार गरेपछि बाँकेको डुडुवा गाँउपालिकाको १५ औ गाउँसभा अनिश्चितकालका लागि स्थगित भएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीद्धारा आजको लागि आव्हान गरिएको १५औँ गाउंसभा बैठकमा गणपुरक सदस्यहरुको संख्या नपुगेपछि सूचना टाँस गरि स्थागित गरिएको हो ।

गणपुरक संख्या नै नपुगेपछि सभा स्थगित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गिरबहादुर सेजुवालले बताए । उनका अनुसार अर्को सूचना जारी नभएसम्म बैठक स्थागित भएको छ ।

बाँकेको डुडुवा गाउपालिकाका अध्यक्ष चौधरीले मनोमानी गरेको भन्दै बहुमत सदस्यले हिउँदे गाउँसभा बहिस्कार गरेको जनाएका छन् । अध्यक्ष चौधरीले मनोमानी गरेको भन्दै नेकपा एमाले, र जसपाका निर्वाचित सदस्यहरुले सभा बहिस्कार गरेको बताइएको छ ।

उनीहरुले कुनैपनि बजेटको आयब्यय पारदर्शी नरहेको, खाजा, इन्धन, बिद्यालयको दिवाखाजा, कर्मचारी भर्ना लगायतका बिषयहरुमा भ्रष्टाचार गर्दै आएकाले आगामी दिनमा सुधार नहुँदासम्म पालिकामा हुने कुनैपनि बैठक, सभामा सहभागी नहुने जनाएका छन् । बहिस्कारको घोषणा गरेका सदस्यहरुले कार्यपालिका बैठक र गाउँसभा सम्बन्धि आफूहरुलाई पूर्व सूचना समेत नदिएर अध्यक्षले गाउँसभा गर्न खोजेको प्रति आफूहरुको आपत्ति रहेको जनाएका छन् । वडा नं ५ र ६ का वडा अध्यक्ष, ५ जना कार्यपालिका सदस्य र १० जना वडा सदस्यले गाउँसभा हस्ताक्षर सहित बहिस्कार गरेपछि माघ ४ गते हुने भनिएको हिउदे गाउँसभा अन्यौलमा परेको छ ।

गत वर्ष पनि डुडुवा गाउँपालिकाको असार १० भित्र हुने गाउँसभा पुस ४ गते र बिशेष गाउँसभा जेठमा भएको थियो । चौधरी अध्यक्षमा निर्वाचित भएदेखि नै हाराहारी मत ल्याएको एमालेले डुडुवामा गाउँसभा र कार्यपालिका बैठकमा अवरोध पु¥याउँदै आएको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ९ : ४३ बजे

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक

पाँच महिनामा वीरगन्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगन्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर