२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

रुपन्देहीको गिद्धेभीरमा टिप्पर दुर्घटना हुँदा आमाछोरीको मृत्यु



बुटवल। रुपन्देहीको गिद्धे भीरमा टिपर दुर्घटना हुँदा एकाघरका आमाछोरीको मृत्यु भएको छ । देवदहको खैरेनीदेखि पाल्पाको माथागढी बालुवा लिएर जाँदै गरेको लु २ ख ४५०९ नम्बरको टिपर विपरीत दिशाबाट आउँदै गरेको सवारीलाई साइड दिने क्रममा देवदह नगरपालिका-६ स्थित गिद्धे भीरमा दुर्घटना हुँदा आमाछोरीको मृत्यु भएको हो ।

दुर्घटनामा परी माथागढ़ी गाउँपालिका ६ रहबासका ३५ वर्षीया भिमिसरा सारु र उनकी ६ वर्षीषा छोरी सरस्वती सारुको मृत्यु भएको राजर्माग सुरक्षा तथा सडक व्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ ।

टीपर चालक देवदह नगरपालिका-७ का २७ वर्षीय सुकदेव वारघरे र माथागढ़ी गाउँपालिका-६ की २२ वर्षीया सृजना सारु घाइते भएका छन् । टिपर प्रहरी नियनत्रणमा रहेको र घाइते चालकलाई निगरानीमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ४ : ४२ बजे

फेवातालमा कार खस्दा चालकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक

कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई

दार्चुला । दार्चुला सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली

खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन वृद्धि र व्यावसायिक

आज मध्यान्नसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

आज भ्यालेन्टाइन डे

काठमाडौं । आज फेब्रुअरी १४, विश्वभर मनाइने भ्यालेन्टाइन डे अर्थात्