४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

‘समाजिक अन्तरविरोध न्यूनीकरण गर्न वर्गीय विभेदको अन्त्य जरुरी’



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजमा विधमान वर्गीय शोषणको अन्त्य गरी जनताको आर्थिक रुपान्तरण गर्न सकिने बताएका छन् ।

पार्टी केन्द्रीय स्कुल विभागले आज आयोजना गरेको प्रशिक्षणका अवसरमा उनले समाजिक अन्तरविरोधको न्यूनीकरण गर्न वर्गीय विभेदको अन्त्य गर्नुपर्ने बताए । नेपालको कम्युनिष्ट आन्दोलन, विगत, वर्तमान र भविष्य विषयमा प्रशिक्षण दिँदै नेता खनालले समाजलाई बदल्न राजनीतिक अन्तरविरोध किटान गरेर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

वर्गीय अन्तरविरोधको समाधानका लागि समाजवादी क्रान्तिको खाँचो औँल्याउँदै उनले भौतिकवादी दृष्टिकोण, वर्ग अडान, विश्लेषण गर्ने वैज्ञानिक पद्धतिका आधारमा सामाजिक अन्तरविरोध छुट्टाउन नसके आन्दोलन कमजोर हुने विचार व्यक्त गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले वामपन्थी नेतृत्वको सरकारले मुलुकमा गरिबी निवारणका लागि उद्यमशीलताको विकास गरी आर्थिक समृद्धिका लागि कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए । विश्व परिवेशमा प्रयोग भएको समाजवादी व्यवस्थाले गाँउसम्म फैलिएको, आर्थिक, वर्गीय, लैङ्गिक शोषण अन्त्य गरेको उनको भनाइ थियो ।

समाजवादमा एकले अर्कालाई शोषण, विभेद नगर्ने विशेषता रहेको बताउँदै उनले भने, “यसका माध्यमबाट मुलुकमा सामाजिक न्याय, समानता तथा समृद्धि कायम गर्न सकिन्छ, जनतालाई सुखी र खुसी बनाउन सकिन्छ ।” पार्टीले तर्जुमा गरेको नीति, सिद्धान्तमा शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयलाई सर्वसाधारण नागरिकको सर्वसुलभ पहुँचमा पुर्याउने विषयलाई प्राथमिकतामा राखिएको उनले प्रष्ट पारे ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ८ : ४६ बजे

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन