३ पुस २०८२, बिहिबार | December 19, 2025

खेलकुदमा आएन संघीयता, बेवारिसे बनाइएको नेपालगन्ज रंगशाला खण्डहर बन्दै



नेपालगन्ज। मुलुकमा संघीयता कार्यान्वयन भएको आठ वर्ष भयो तर खेलकुदमा संघीयता कार्यान्वयन नहुँदा करोडौ खर्चेर निर्माण भएका साविक मध्यपश्चिम खेलकुद विकास समिति अन्तरगत निर्माण भएको नेपालगन्ज रंगशालाका खेलकुदका संरचनाहरु संरक्षणको अभावमा खण्डहरमा परिणत भएका छन् ।

खेलकुदमा संघीयता कार्यान्वयन नहुँदा करोडौ खर्चेर निर्माण भएका साविक मध्यपश्चिम खेलकुद विकास समिति अन्तरगत नेपालगन्ज रंगशालामा रहेका खेलकुदका संरचनाहरु संरक्षणको अभावमा खण्डहरमा परिणत भएका हुन् ।

साविक मध्यपश्चिम खेलकुद विकास समिति नेपालगन्जका कार्यलय प्रमुख महेश चन्दले राष्ट्रिय खेलकुद परिषद अन्तरगत रहेको नेपालगन्ज रंगशाला संघीयता पछि स्थानीय तह, जिल्ला, प्रदेश कसको अन्तरगत रहने स्पष्ट नहुँदा संरक्षणको लागि आवश्यक बजेट नआएको साथै नबौ राट्रिय खेलकुदपछि खेलका कुनै गतिविधि समेत नभएको जानकारी दिए ।

उनले भने, ‘ यहाँ यत्रो संरचना छ । केन्द्रले नै अनिर्णयको बन्दी बनेका कारण न त खेल गतबिधि हुन सकेको छ । नत यसको संरक्षण नै ।’ उनले नेपालगञ्ज रंगशालाका लागि आवश्यक कर्मचारी तथा मर्मत संभारको जिम्मेवारी र रकम कुनै पनि नआउनु दुर्भाग्य भएको बताए ।

उनले भने, ‘म यहाँको कार्यालय प्रमुख हुँ तर यहाँ हुने कुनै पनि गतिविधि मलाई थाहा छैन । यहाँ निर्माण भएको के निर्माण हुँदै छ । त्यसको पनि जानकारी छैन । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा निर्माण भएका संरचना खण्डहर बन्दैछन एउटा नटबोल्ट कस्ने र खोल्ने अधिकार हामीलाई छैन ।’

नेपालगन्ज रंगशालाको रेखदेख गर्ने जिम्मेवारी जिल्ला प्रदेश तथा स्थानीय तहलाई नदिएर केन्द्रले नै आफ्नो मातहातमा रखेका कारण खेलकुदका गतिविधिहरु प्रभावित बनेको उनको भानई छ ।

तत्कालिन मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले नेपालगञ्ज रंगशालामा आठौ राट्रिय खेलकुद प्रतियोगिता २०७५ मा आयोजना गर्दा २५ करोडको लागतमा निर्माण गरिएपछि खेलकुद परिषदले रंगशाला संरक्षण र सञ्चालनको अनुमती नदिँदा खण्डहरमा परिणत हुने अवस्थामा पुगेको बताए ।

उनले भने, ‘यति ठूलो संरचना छ । कस्को अधिनमा यसको सञ्चालन गर्ने भन्ने किटान नहुँदा यसको सरक्षण हुन सकेको छैन । यहाँ खेल गतिविधि हुन सकेको छैनन् । यसले राज्य र खेलाडि दुबैलाई घाटा हुँदै गएको छ ।’

राष्ट्रिय खेलकुद परिसदका पूर्व सदस्य विनोद मैनालीले राज्यले खेलकुदमा नयाँ नयाँ संरचना बनाउदै जाने तर, भएका संरचनालाई संरक्षण नगर्ने रणनीतिका कारण खेल क्षेत्रको विकास हुन नसकेको औल्याए  ।

उनले भने, ‘राखेपमा संघीयता नआएको कारण नेपालगञ्ज रंगशाला खण्डहर भएको हो । केन्द्रमा बसेर मोफसललाई अत्यन्त न्यून अधिकारी दिने परिपाटीले खेलकुदमा खेलनीति मौलाउनु पर्नेमा राजनीति मौलाएको कारणले  संघीयता कार्यान्वयन हुन नसकेको हो ।’

प्रतिनिधि सभामा शिक्षा स्वास्थ्य, सूचना, युवा र खेलकुद समितिका सदस्य तथा प्रतिनिधि सभा सदस्य दिपा शर्माले आठौ खेलकुदका संरचनाहरु राज्यले संरक्षण गर्न नसक्दा नेपालगन्ज रंगशाला खण्डहर भएको आफुले अनुगमनका क्रममा पाएको र यसविषयमा संवन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउने बताईन ।

लामो समय देखिको मर्मतसंभारको अभावका कारण करोडौ रुपैया खर्चेर निर्माण गरिएको स्टेडियम, प्याराफिट, पौडी पोखरीलगायतका खेलकुदका पूर्वाधार र संरचना खण्डहरमा परिणत भएको हो । नेपालगन्ज रंगशालाको संरक्षण गर्न खेल गतिविधि सञ्चालन गर्नको लागि संघीयताको कार्यान्वयन गरी अधिकार प्रत्यायोजन गर्न आवश्यक देखिएको छ ।

 

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  १२ : ३५ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको