४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

चार पार्टीका प्रमुखले मुलुकलाई बन्धक बनाए : सिके राउत



सप्तरी । जनमत पार्टीको राष्ट्रिय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. सिके राउतले चार पार्टीका प्रमुखले मुलुकलाई बन्धक बनाएको बताएका छन्। नेपाल पत्रकार महासंघको आयोजनामा शनिबार सप्तरीमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले चार पार्टीले जहिले पनि मुलुकलाई पेवाको रूपमा लिँदै आएको बताए ।

उनले ती दलहरुले मधेसमा भ्रष्टाचार हुन्छ र मधेसी नेता भ्रष्ट हुन्छन् भन्ने अपवाह फैलाएर मधेसलाई थप पछाडि धकेल्दै लगेको आरोप लगाए । उनले भने,’अरबौ भष्टाचार गर्ने ब्यक्तिले उल्टो मधेसी नेतालाई भ्रष्टको आरोप लगाएर मधेर र मधेसीक‍ो विकासको बाधक बन्ने गरेका छन् ।’ आफु उर्जाका साथ संसदमा प्रतिनिधित्व गरेपनि त्यहाँको व्यवस्था हेरेर निराशावादी भएको उनको भनाइ थियो ।

उनले सत्ता गठबन्धनमा रहेकै कारण आफुहरुलाई अहिलेको संसदमा केही बोल्न छुट नभएको उल्लेख गर्दै गठबन्धनको ह्वीपका कारण दुईचार जनाले जे गर्छ त्यहीँ नै हुने गरेको बताए । ‘केही बोल्न खोज्यो ह्वीप जारी हुन्छ । बोल्यो भने कार्वाही हुन्छ, दुईचार जनाले जे गर्छ त्यहीँ नै हुन्छ,’ उनले भने, ‘यो सरकार र गठबन्धनबाट केही गराउन सकिने अवस्था छैन ।’

डिसिजन मेकरमा आफुहरुको कुनै भुमिका नरहेको उनले बताए । उनले अधिकार प्राप्तिको लागि आन्दोलन गर्न जहिले पनि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिए । अहिलेको अवस्था मधेस, जनजाति, अल्पसंख्यक, तथा पछाडि परेका समूदायका लागि नभएको उल्लेख गर्दै राउतले आन्दोलनको विकल्प नरहेको बताए ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  १ : ०३ बजे

मालपोत कार्यालय भैरहवाका नायब सुब्बा खाम्चाविरुद्ध घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा

रुपन्देहीको शुद्धोधनका भूमिहीन र सुकुम्बासी आन्दोलित, गाउँपालिकालाई ज्ञापनपत्र

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

पृतनापति ट्रफि-२०८३ शुभारम्भ, फुटबलमा शम्सेर गणको विजयी शुरुवात

बुटवल । नेपाली सेनामा रहेका खेलाडीहरुको क्षमता विकास तथा क्षमतावान

राष्ट्रिय आर्थिक गणना : करिब ८७ प्रतिशत सम्पन्न

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सुरु गरेको दोस्रो ‘राष्ट्रिय आर्थिक