२७ असार २०८३, शनिबार | July 12, 2026

दुई देशका अधिकारीबीच सीमा सुरक्षाबारे छलफल



नेपालगन्ज । बाँके र बर्दियासँँग सिमाना जोडिएको भारतीय जिल्ला बहराइचका डिस्ट्रिक मजिस्ट्रेट मोनिका रानी (डिएम)को निमन्त्रणामा बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा प्रमुखहरूको एकदिने समकक्षी बैठक भारतको बहराइचस्थित नान्पारामा सम्पन्न भएको छ ।

बहराइचका डिस्ट्रिक मजिस्ट्रेट रानीको नेतृत्वको भारतीय सुरक्षा अधिकारीसँगको संयुक्त सीमा बैठकमा नेपालको तर्फबाट बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलसहित सुरक्षा अधिकारीले भाग लिएका थिए । नेपाली पक्षबाट बर्दियाका सप्रजिअ मोहन अर्याल, बाँके र बर्दियाका प्रहरी उपरीक्षक क्रमशः सुवासचन्द्र बोहरा, सुधीर शाहीलगायत सहभागी भएका थिए ।

यही माघ ८ गते भारतको अयोध्यामा श्रीराम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम र माघ १२ गते हुने गणतन्त्र दिवसका अवसरमा सुरक्षा एवं सुदृढ कानुनी व्यवस्था बनाउने विषयबारे संयुक्त सुरक्षा छलफल गरिएको बाँकेका प्रजिअ पोखरलेले बताए ।

प्रजिअ पोखरेलले सुदृढ सुरक्षा व्यवस्था बनाइ राख्ने दिशामा सीमावर्ती दुवैतर्फका सुरक्षा अधिकारीले आपसी समन्वयका साथ काम गर्ने, सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठ नियन्त्रण गर्ने, सीमा क्षेत्रमा विशेष निगरानी बढाउने, संयुक्त चेकजाँच र गस्ती बढाउनेजस्ता विषयमा छलफल भएको जानकारी दिए । आज अपराह्न सुरु बैठकपछि दुवै पक्षका सुरक्षा अधिकारीले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ र जमुनाह नाका निरीक्षण गरेका थिए ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ८ : ०६ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका