७ श्रावण २०८३, बिहिबार | July 23, 2026

अत्याधिक चिसो बढेपछि रुपन्देहीका विद्यालयहरुमा सार्वजनिक बिदा दिने निणर्य



बुटवल । रुपन्देहीमा पछिल्लो केही दिनयता हुस्सु र कुहिरोसँगै चिसो बढेपछि रुपन्देहीका स्थानीय पालिकाहरुले विद्यालयमा सार्वजनिक बिदा दिने निणर्य गरेका छन ।

अत्याधिक चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले आज माघ ७ देखि ९ गतेसम्म ३ दिन विद्यालयहरुमा जाडो बिदा दिएको हो । उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले एक सूचना जारी गरि उपमहानगरपालिका भित्रका सबै विद्यालयमा बिदा दिने बताए ।

त्यस्तै तिलोत्तमा नगरपालिकाले माघ १० गतेसम्म सार्वजनिक बिदाको आह्वान गरेको छ । यसैगरी सिद्धार्थनगरनगरपालिका लगायतका अन्य पालिकाहरुले पनि सार्वजनिक बिदा आह्वान गरेका छन् ।

चिसो अत्याधिक बढेका कारण बालबालिकाहरु तथा वृद्धवृद्धाहरुलाई सकेसम्म घर बाहिर ननिस्कन चिकित्सकहरुले सल्लाह दिएका छन् । सकेसम्म उनीहरुलाई न्यायो ठाउँमा बस्नुपर्ने बताइएको छ । यसैगरी अन्य उमेर समूहका व्यक्तिहरुले समेत न्यानो र बाक्लो कपडा लगाएर बाहिर निस्कन चिकित्सकहरुको सल्लाह छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ९ : ०५ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट