६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

घट्यो प्रभु बैंकको खुदनाफा घट्यो



काठमाडौं । प्रभु बैंकको खुदनाफा घटेको छ । बैंकका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ३९.९७ प्रतिशतले घटेर ७२ करोड ३ लाख ४१ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब १९ करोड ९९ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खराब कर्जा बढेसँगै इम्पेयरमेन्ट चार्ज बढ्दा यसको नाफा प्रभावित भएको हो । पुस मसान्तसम्म आइपुग्दा खराब कर्जा २.९२ प्रतिशतले बढेर ४.९० प्रतिशत पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्ष ४२ करोड ६७ लाख ४९ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष १ अर्ब २५ करोड ७७ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानी ४०.५८ प्रतिशतले बढेर ४ अर्ब ७६ करोड ६८ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

सञ्चालन नाफा ५.७७ प्रतिशतले बढेर १ अर्ब ७२ करोड ८५ लाख १७ हजार रुपैयाँ पुगेको छ । प्रभु बैंकका अनुसार दोस्रो त्रैमाससम्ममा चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ छ ।

वितरणयोग्य नाफा १ अर्ब ८६ करोड ७४ लाख ६८ हजार रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ०२ पैसाले घटेर ६ रुपैयाँ १२ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ०२ पैसा छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १ : १९ बजे

‘लण्डन टु पेरिस’को नयाँ गीत सार्वजनिक

काठमाडौं । आगामी जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

बागमती । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको

कार्यादेश बनाउने कार्यदलको बैठक जारी

काठमाडौं ।  सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर)

सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभाको बैठक अघि प्रमुख

आयुर्वेद तेलका नाममा श्रीकेश तेलको ठगी धन्दा, उपभोक्ता झुक्याउँदै !

काठमाडौं । काठमाडौंको मध्य बानेश्वरमा कार्यालय खडा गरि झरेको कपाल