८ पुस २०८२, मंगलबार | December 24, 2025

संसद् बैठक ‘क्यालेन्डर’ बनाएर सञ्चालन गर्न छलफल



काठमाडौं । संसद्को आगामी सत्रदेखि ‘क्यालेन्डर’ बनाएर सञ्चालन गर्ने सम्बन्धमा छलफल गरिएको छ । सभामुख देवराज घिमिरेले आज प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिका सभापतिसँग सो विषयमा संयुक्तरुपमा छलफल गरेका हुन् ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “संसद्को आगामी अधिवेशनदेखि नै थप प्रभावकारी ढङ्गले बैठक सञ्चालन गर्न क्यालेन्डर निश्चित गर्ने र त्यसका लागि १५ दिनको, ३० दिनको र सिङ्गो सत्रका लागि अलगअलग क्यालेन्डर बनाउनेबारेमा छलफल भएको छ ।” साथै संसद्को सत्र कहिलेसम्म सञ्चालन गर्ने सम्बन्धमा पनि छलफल भएको र विभिन्न रायसुझाव प्राप्त भएको उनले बताए ।

सभामुख घिमिरेले आगामी हिउँदे सत्र चाँडै बोलाउने र त्यसका लागि गर्नैपर्ने तयारीका सम्बन्धमा पनि राय, परामर्श प्राप्त भएको बताए । बैठकमा उनले समितिमा विधेयकसम्बन्धी अवस्था र बाँकी रहेका विषयका बारेमा जानकारी लिनुका साथै आवश्यकताअनुसार बैठक बोलाएर समझदारीका साथ छिटो सक्न निर्देशन दिएका थिए ।

सो अवसरमा एउटै विषयमा फरकफरक समितिले गर्ने छलफल सम्बन्धमा कुरा भएको र समन्वयका लागि सभामुखले निर्देशन दिएका थिए । बैठकमा दातृ निकायबाट समितिलाई हुने विभिन्न सहयोगका विषयमा पनि छलफल भएको र त्यस्तो छलफल एकीकृतरुपमा तथा संसद् सचिवालयलमार्फत गर्दा राम्रो हुने सुझाव आएको सभामुख घिमिरेले बताए ।

बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशी, कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा आरजु राणा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, अर्थसमितिका सभापति सन्तोष चालिसे सहभागी भएका थिए ।

 

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  २ : ४३ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना