२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

तिलोत्तमामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलीदेखि शुरु हुदैं



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा माघ ८ गतदेखि पाँचौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिता माघ ८ गते (भोली) देखि १० गतेसम्म तीन दिनसम्म चल्नेछ ।

तिलोत्तमा-४, डिङ्गरनगर स्थित जनज्योती क्लबको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी ३८ विद्यालयहरुले प्रतिस्पर्धामा भाग लिने नगरपालिका युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए ।

विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको आचार्यको भनाई छ ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने विद्यालयलाई नगद रु ३० हजार, २० हजार र १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ । प्रतियोगितामा छात्रा तथा छात्राहरुबीच भलिबल, कबड्डी, एल्लेटिक्स, कराँते र तेक्वान्दोतर्फ विभिन्न विभिन्न विधामा खेल सञ्चालन गरिनेछ । प्रतियोगितामा ३८ विद्यालयबाट १४ सय विद्यार्थीले भाग लिनेछन ।

 

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ५ : ५४ बजे

अस्वाभाविक महत्वाकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर वृहत एकतामा जुटौं : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले प्रतिनिधिसभा निर्वाचनको परिणामले

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

त्रिवेणी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा

राहुघाट-पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

गगनलाई राजीनामा नदिन चन्द्र भण्डारीको सुझाव, भने- “भाग्ने होइन, कांग्रेस बचाउने समय” हो   

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति

रूपन्देहीका विभिन्न स्थानबाट अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली