२० बैशाख २०८१, बिहिबार | May 2, 2024

तिलोत्तमा नगरस्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी कुंवरवर्तीलाई



तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको आयोजना रहेको पाँचौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा तिलोत्तमा-८ मा अवस्थित कुंवरवर्ती बोर्डिङ स्कूल प्रथम भएको छ ।

नगरभित्रका सामुदायिक र संस्थागत गरी ३८ विद्यालयले भाग लिएको प्रतियोगितामा १२ स्वर्ण, १२ रजत र ३ कास्य पदक जित्दै कुंवरवर्ती प्रथम भएको हो । यो सहित कुंवरवर्ती नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा लगातार चारपटक च्याम्पियन बन्न सफल भएको छ ।

यसअघि कुंवरवर्तीले दोस्रो,तेस्रो र चौथो संस्करणको रनिङ शिल्ड जितेको थियो । तिलोत्तमा-४, डिङ्गरनगर स्थित जनज्योती क्लबको खेल मैदानमा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा जनज्योति मावि डिंगरनगर ११ स्वर्ण,४ रजत र २ कास्य पदक जित्दै दोस्रो भएको छ भने शान्ति नमूना मावि ८ स्वर्ण,४ रजत र २ कास्य पदक सहित तेस्रो भएको छ ।

प्रथम, दोस्रो र तेस्रो भएका विद्यालयले क्रमशः ३०,२० र १० हजार नगद पुरस्कार पाएका छन् । विद्यालयस्तरमा रहेका खेल प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको प्रतियोगितामा छात्रा तथा छात्राहरुबीच भलिबल, कबड्डी, एल्लेटिक्स, कराँते र तेक्वान्दो लगायतका इभेन्टमा ५२ स्वर्ण पदकमा प्रतिष्पर्धा भएको थियो ।

प्रतियोगितामा १४ सय विद्यार्थीको सहभागिता रहेको थियो । विजयी विद्यालय र खेलाडीहरुलाई नगरप्रमुख रामकृष्ण खांण सहित उपप्रमुख जागेश्वरी देवी चौधरी लगायतले शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरेका थिए ।

 

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ९ : ०८ बजे

अल नासर किङ कपको फाइनलमा, अल हिलालसँग भिड्ने

काठमाडौं । अल नासर साउदी किङ कपको फाइनलमा पुगेको छ

चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले चेन्नई

नेपाल र वेस्ट इन्डिज ए बीचको चौथो खेल आज हुदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको सिरिजको चौथो

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध

आजको मौसम : देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक