१८ असार २०८३, बिहिबार | July 2, 2026

तिलोत्तमामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु



तिलोत्तमा । तिलोत्तमा नगरपालिकामा पाचौ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु भएको छ । तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजनामा सोमबारबाट सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्ने छ ।

प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाडले मानव स्वास्थ्यका लागि खेलकुद अति आवस्यक रहेकाले नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिएको बताए । खेलाडीलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताले भूमिका रहने उल्लेख गर्दै खाडले तिलोत्तमा नगरपालिकाका सबै खेल मैदानलाई स्तरोन्नती गरी खेलाडी उत्पादन र खेलको विकास गरिने बताए ।

तिलोत्तमा-४, डिङ्गरनगर स्थित जनज्योती क्लबको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी ३८ विद्यालयहरुले प्रतिस्पर्धामा भाग लिएको नगरपालिका युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए । विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको नगरपालिका आचार्यको भनाई छ ।

आजबाट शुरु भएको प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने विद्यालयलाई नगद रु ३० हजार, २० हजार र १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ । प्रतियोगितामा छात्रा तथा छात्राहरुबीच भलिबल, कबड्डी, एल्लेटिक्स, कराँते र तेक्वान्दोतर्फ विभिन्न विभिन्न विधामा खेल सञ्चालन भैरहेका छन् । प्रतियोगितामा १४ सय विद्यार्थीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ८ : ५८ बजे

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता