२१ असार २०८३, आइतबार | July 5, 2026

आईसीसी यू १९ विश्वकप : न्युजिल्यान्डसँग ६४ रनले हार भोग्दै नेपालको विश्वकप सुरुवात



काठमाडौं । आईसीसी यू१९ विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग हार भोग्दै विश्वकपको सुरुवात गरेको छ । आइतबार भएको समुह डी को आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डविरुद्ध ६४ रनले पराजित भएको छ।

विश्वकपमा न्युजिल्यान्डविरुद्ध नेपालले पहिलो हार भोगेको हो। यसअघिका दुवै खेलमा नेपालले न्युजिल्यान्डलाई हराएको थियो।

न्युजिल्यान्डले दिएको ३ सय ३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३८ रन बनायो।

नेपालका लागि अर्जुन कुमाल शतक बनाउनबाट चुके । नेपालले आठौं विकेटका रुपमा ओपनर अर्जुन कुमाललाई गुमाएको थियो। १ सय ४ बलमा १२ चौका हानेका अर्जुन ३७.२ ओभरमा ९० रन बनाउँदा क्याच आउट भए।

न्युजिल्यान्डविरुद्ध अर्जुनले बनाएको ९० रन नै सर्वाधिक रह्यो। कप्तान कप्तान देव खनाल ३६ रनमा क्याच आउट भए। ३४ बलमा ५ चौका र १ छक्का प्रहार गरेका देव क्याच आउट हुन पुगे।

सुरुआतमा नै २ विकेट गुमाएका नेपालका लागि तेस्रो विकेटका लागि कप्तान देव र ओपनर अर्जुन कुमालले ५९ रनको साझेदारी गरे। ओपनर दिपक बोहोरा शुन्य र आकाश त्रिपाटी २ रनमा क्याच आउट भए। सुवास भण्डारी ३३ र तिलक भण्डारी १७ रनमा नटआउट रहे। आकाश चन्दले १४ रन थपे।

आशा गरिएका कप्तान देव खनाल र अनुभवी अलराउण्डर गुल्सन झा आजको खेलमा चल्न सकेनन्। गैरजिम्मेवार ब्याटिङ गरेका देव र गुल्सन लामो सट खेल्ने धुनमा क्याच आउट हुन पुगे। गुल्सन झा २ रनमा क्याच आउट भए।

विकेट किपर उत्तम मगर शून्य रनमा आउट भए। नेपाललाई रोक्न माट रोवेले ३ विकेट लिए। एवाल्ड ओस्कार ज्याक्सनले समान २ विकेट लिए। मासोन क्लार्क, ओस्कार ज्याक्सन, ज्याक कुमिन्सले एक एक विकेट आफ्नो नाममा गरे।

त्यसअघि इष्ट लन्डनको बुफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २ रनको विशाल योगफल तयार पारेको थियो।

नेपालविरुद्ध स्नेहित रेड्डीले आक्रमक शतक पूरा गरे। उनले १ सय ६ बलमा ८ चौका र २ छक्का हान्दै शतक पूरा गरे। रेड्डी १ सय ४७ रनमा नटआउट रहे। १ सय २५ बलमा ११ चौका र ६ छक्का प्रहार गरे।

चौथो विकेटका लागि ओस्कार र स्नेहित रेड्डीले १ सय ५७ रनको शतकीय साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य पाएको हो।

आकाशले ४२ औं ओभरको पाँचौं बलमा कप्तान ओस्कारलाई ७५ रनमा बोल्ड गर्दै साझेदारी तोडेका हुन्। ओस्कारले ८१ बलमा ३ चौका र ५ छक्का हाने।

कप्तान ओस्कार ज्याक्सनले ७५ रन थपे। ८१ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका ज्याक्सन आकाश त्रिपाठीको बलमा बोल्ड आउट भए। ओपनर टम जोन्स ३३ रनमा तिलक भण्डारीको बलमा बोल्ड आउट भए। अर्का ओपनर लुक वाटसन १४ रनमा सुवास भण्डारीको बलमा बोल्ड आउट हुँदै पवेलियन फर्के। एलेक्स थोम्पसन सुवास भण्डारी कै बलमा १३ रनमा बोल्ड आउट भए।

ओलिभर तेवाटिया शून्यमै आउट भए। जाक कुमिन्स गोल्डेन डकआउट भए। लच्लन स्टु्याकपोल डकआउट भए।

नेपालका लागि सुवास भण्डारीले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ५३ रन खर्चे। गुल्सन झाले आफ्नो स्पेलमा ६१ रन खर्चेर २ विकेट लिए।

दिपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले समान एक विकेट आफ्नो नाममा गरे। तिलकले आफ्नो स्पेलमा ५० रन खर्चेर १ विकेट लिए।

नेपालले समूह चरणको दोस्रो खेलमा माघ १० गते पाकिस्तानसँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा १२ गते अफगानिस्तानसँग खेल्ने तालिका छ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १० : १४ बजे

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा । गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर

एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । उपाधिको प्रमुख दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को

हात्तीको आक्रमणमा आमाछोराको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु