७ पुस २०८२, सोमबार | December 22, 2025

अयोध्यामा नवनिर्मित राममन्दिरको ‘प्राण प्रतिष्ठा’ आज हुँदै



काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको ‘प्राण प्रतिष्ठा’ आज हुँदैछ । गर्भगृहमा रामको बालस्वरूप मूर्ति राखेर विभिन्न पूजन कार्य थालिएको छ । गत बुधबार सुरु भएको हवन तथा पूजन कार्यपछि आज प्राणप्रतिष्ठा हुनेछ ।

यसअघि पूर्व शुभ संस्कार प्रारम्भ अर्थात् प्रायश्चित तथा कर्मकुटी पूजन भइरहेको हो । आज राममन्दिरमा मूर्तिको प्रवेश, तीर्थपूजन, जलयात्रा, जलाधिवास, औषधाधिवास, केसराधिवास, धृताधिवास, धान्याधिवास, शर्कराधिवास, फलाधिवास, पुष्पाधिवास, मध्याधिवास र शड्ढयाधिवास भई सम्पन्न हुनेछ ।

बुधबार राति क्रेनको सहायताले रामललाको मूर्ति राममन्दिर परिसरमा ल्याएर बिहीबार मूर्तिलाई गर्भगृहमा राखिएको हो । यसैबीच अयोध्यामा बनाइएको भव्य राममन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा कार्यक्रममा मन्दिर ट्रस्टले ७ हजारभन्दा बढीलाई सहभागी हुन आमन्त्रण गरेको छ ।

जसमा क्रिकेट हस्ती सचिन तेन्दुलकर र विराट कोहली, बलिउड सुपरस्टार अमिताभ बच्चनलगायत छन् । उद्योगपति मुकेश अम्बानी, गौतम अडानी, रतन टाटालगायतलाई पनि सहभागिताका लागि आमन्त्रण गरिएको छ ।

मन्दिर उद्घाटनको भव्य समारोहका लागि सहर सजाइएको छ । प्राणप्रतिष्ठाको मुख्य ‘यजमान’ प्रधानमन्त्री नरेन्द्र मोदी हुनेछन् । विगत ७० वर्षदेखि टेन्टमा राखेर पूजा गरिँदै आएको भगवान् रामको विद्यमान मूर्तिलाई पनि नयाँ मन्दिरको गर्भगृहमा राखिने मन्दिर ट्रस्टले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ८ : ५७ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८