९ श्रावण २०८३, शनिबार | July 25, 2026

अयोध्यामा नवनिर्मित राममन्दिरको ‘प्राण प्रतिष्ठा’ आज हुँदै



काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको ‘प्राण प्रतिष्ठा’ आज हुँदैछ । गर्भगृहमा रामको बालस्वरूप मूर्ति राखेर विभिन्न पूजन कार्य थालिएको छ । गत बुधबार सुरु भएको हवन तथा पूजन कार्यपछि आज प्राणप्रतिष्ठा हुनेछ ।

यसअघि पूर्व शुभ संस्कार प्रारम्भ अर्थात् प्रायश्चित तथा कर्मकुटी पूजन भइरहेको हो । आज राममन्दिरमा मूर्तिको प्रवेश, तीर्थपूजन, जलयात्रा, जलाधिवास, औषधाधिवास, केसराधिवास, धृताधिवास, धान्याधिवास, शर्कराधिवास, फलाधिवास, पुष्पाधिवास, मध्याधिवास र शड्ढयाधिवास भई सम्पन्न हुनेछ ।

बुधबार राति क्रेनको सहायताले रामललाको मूर्ति राममन्दिर परिसरमा ल्याएर बिहीबार मूर्तिलाई गर्भगृहमा राखिएको हो । यसैबीच अयोध्यामा बनाइएको भव्य राममन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा कार्यक्रममा मन्दिर ट्रस्टले ७ हजारभन्दा बढीलाई सहभागी हुन आमन्त्रण गरेको छ ।

जसमा क्रिकेट हस्ती सचिन तेन्दुलकर र विराट कोहली, बलिउड सुपरस्टार अमिताभ बच्चनलगायत छन् । उद्योगपति मुकेश अम्बानी, गौतम अडानी, रतन टाटालगायतलाई पनि सहभागिताका लागि आमन्त्रण गरिएको छ ।

मन्दिर उद्घाटनको भव्य समारोहका लागि सहर सजाइएको छ । प्राणप्रतिष्ठाको मुख्य ‘यजमान’ प्रधानमन्त्री नरेन्द्र मोदी हुनेछन् । विगत ७० वर्षदेखि टेन्टमा राखेर पूजा गरिँदै आएको भगवान् रामको विद्यमान मूर्तिलाई पनि नयाँ मन्दिरको गर्भगृहमा राखिने मन्दिर ट्रस्टले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ८ : ५७ बजे

सांसद गणेश पौडेलमाथि मसी छ्याप्नेलाई कारवाही गर्न रास्वपाको माग 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम । गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न राष्ट्र बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा