बुटवल । बुटवलको कालिकानगर स्थित सुजुकीको मोटर पार्ट्रस गोदाममा सोमबार भीषण आगलागी भएको छ । बुटवल-९ कालिकानगरमा अवस्थित मुक्तिनाथ अटोमोटिभ ट्रेडर्स एण्ड कार पार्ट्सको गोदाममा सोमबार दिउँसो आगलागी भएको हो ।
गोदाममा दिउँसो करिब साढे १२ बजेदेखि लागेको आगो निभाउन बुटवल उपमहानगरपालिका, प्रहरी तालिम केन्द्र बुटवल, सैनामैना तथा सिद्धार्नगर नगरपालिकाको दमकल प्रयोग गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । ।
आगलागीबाट क्षतिको विवरण भने नआइसकेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीसहित स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको डीएसपी पण्डितले बताए । प्रहरीका अनुसार विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएपनि प्रहरीले घटना बारे थप अनुसन्धान सुरु गरेको छ । पसलका सञ्चालक स्याम सापकोटाले २ करोड बढीको क्षति भएको दाबी गरेका छन् ।



















प्रतिक्रिया