२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

विवाह गरेको दुई महिनामै श्रीमतीको हत्या



सल्यान । विवाह गरेको दुई महिना नबित्दै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। छत्रेस्वरी गाउँपालिका-५, लेखपोखराको ढाकुडाँडाकी अन्दाजी २० वर्षीया श्रीमती सीमा कवरको हत्या गरेको आरोपमा श्रीमान् २२ वर्षीय मोहन पुनलाई प्रहरीले पक्राउ गरेको हो।

पुनले गत मंसिर १० गते मात्र सीमालाई भगाएर बिहे गरेका थिए। तर सोमबार दिउँसो उनको घरभित्रै सीमाको शव फेला परेको थियो।

स्थानीयले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले शंकास्पद देखिएपछि श्रीमान् मोहनलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिए।

प्रहरीका अनुसार मृतक युवतीको शरीरमा निलडाम छन्। उनको नाम सीमा कवर भनिएपनि अहिलेसम्म बास्तविक नाम समेत खुलेको छैन।

वडाध्यक्ष फौदबहादुर बस्नेतले भने आइतबार राति कटुपिट गरेर मोहनले श्रीमतीको घरमै हत्या गरेको देखिएको बताए।

प्रहरीले सोधपुछ गर्दा मोहनले प्रारम्भिक वयानमा आफूले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ७ : २५ बजे

निवर्तमान प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

काठमाडौं । कुशल सुरक्षा व्यवस्थापन गरेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालबाट

भारतद्वारा घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूको आतङ्कवादी आक्रमण’ ठहर

श्रीनगर । भारत सरकारको मन्त्रिपरिषद्ले यस हप्ताको राजधानी नयाँदिल्लीमा भएको

प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल

पोर्चुगलमा कामदार भिसा बन्द : ठगीधन्धाबाट बच्न अनुरोध

लिस्बन । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा