१८ असार २०८३, बिहिबार | July 2, 2026

प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुने



काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् । आज एपीएफ र त्रिभुवन आर्मी, बागमती र गण्डकी प्रदेश तथा कर्णाली र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

जसअन्तर्गत एपीएफ र आर्मीबीचको खेल भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा एपीएफ चार खेलबाट ४ अंक जोडेर छैटौँ स्थानमा रहेको छ भने समान खेलबाट ४ अङ्क नै रहेको आर्मी पाँचौँ स्थानमा छ ।

यस्तै, बागमती प्रदेश र गण्डकी प्रदेशबीचको खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे हुनेछ । प्रतियोगितामा ६ खेलबाट ८ अंक बनाएको बागमती तालिकाको दोस्रो स्थानमा रहेको छ । चार खेल खेलेको गण्डकी २ अंकका साथ आठौँ स्थानमा छ ।

यसैगरी, काठमाडौँको मूलपानी क्रिकेट मैदानमा कर्णाली र कोशी प्रदेश भिड्ने छन् । यी दुई टोलीबीचको खेल बिहान सवा ९ बजे सुरु हुनेछ ।

अहिलेसम्म ५ खेलबाट ४ अंक जोडेको कर्णाली प्रदेश सातौँ स्थानमा छ भने ६ खेल खेलेको कोशी प्रदेश अंक विहीन रहँदै पुछारमा छ । प्रधानमन्त्री कप पुरुष क्रिकेटमा सात प्रदेशसहित १० टोली सहभागी छन् ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  १० : ०७ बजे

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता