८ चैत्र २०८२, आइतबार | March 22, 2026

बुटवलमा इहि र कयेता पूजाको तयारी तिब्र, के हो इहि र कयेता पूजा ?



बुटवल । हरेक वर्ष बुटवलमा हुँदै आएको नेवाः कन्याहरुको इहि तथा बटुकहरुको कयेता पूजाको तयारी तिब्र पारीएको छ । माघ २० र २१ गते बुटवल स्थित भूपु सैनिक मैदानमा हुने इही र कयेता पूजाको तयारी अन्तिम चरणमा पुगेको आयोजक नेवाः सेवा समितिका अध्यक्ष चिरन्जिवी श्रेष्ठले बताए ।

काठमाडौंबाट नेवाः पुरोहीत र (राजोपाध्याय) द्यो माँ बोलाएर गरिने नेवारी बिधि र परम्पराको इही र कयेता पूजाका लागि बिभिन्न समितिहरु बनाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार पूजालाई ब्यवस्थित र बिधि सम्मत बनाउन समितिका सचिव लक्ष्मण श्रेष्ठ र सदस्य भगवती श्रेष्ठलाई संयोजक तोकिएको छ भने त्यस अन्तर्गत बिभिन्न उपसमिति बनाइएको छ ।

बुटवल र यस आसपासका नेवाः समुदायबाट प्रतिनिधित्व हुँदै आएको इही तथा कयेता पूजामा हाल सम्म ७० बढी कन्याहरु र २० बढी बटुकहरुको नाम दर्ता भइसकेको संयोजक लक्ष्मण श्रेष्ठले जानकारी दिए । इहीमा पहिलो रोहमा कजि कन्या एकजना, दोस्रो रोहमा पञ्च कन्या ५ जना, तेस्रो रोहमा ९ कन्या, चौथो रोहमा २१ कन्या र त्यस पछि सहभागी कन्याहरुलाई राखेर पूजाको ब्यवस्था मिलाइएको संयोजक श्रेष्ठले बताए । सहभागी कन्याहरु बाहेकको सबै रोहको स्थान पूर्ण भइसकेको र साधारण रोहका लागि भने इच्छुक नेवाः कन्याहरुको नाम दर्ता जारी रहेको उनले बताए ।

इहीका लागि प्रति कन्या ३ हजार ५०० दर्ता शुल्क लिइएको र कयेता मूजाका लागि प्रति बटुक १० हजार शुल्क लाग्ने उनले बताए । सोही शुल्कमा खाना, फूल प्रसादको समेत आयोजकले ब्यवस्थापन गर्ने उनले जानकारी दिए ।

के हो इहि ?

नेवाः जातीमा बालिका रजश्वला हुनु अगाडी ‘इहि’ गराउने प्रचलन छ। “इ” भनेको नेपाल भाषामा समय हो र “हि” भनेको रगत हो अर्थात रगत देखा पर्नु अगाडी गर्नु पर्ने संस्कार नै इहि संस्कार हो ।

इहि गर्ने बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्रआदिको पूजाआजा गर्दछन् । विधिवत रूपमा पूजाआजा गरी इहि गर्ने गर्ने बालिकाका बुवाले ईष्ट देवतासंग बिधिवत् रूपमा सम्बन्ध गास्ने काम गरेपछि यो इहि कार्य सम्पन्न हुने गर्दछ ।

नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तैहुने विश्वास छ । । इहि संस्कार भएपछि विजोर वर्षमा बाह्र दिनसम्म बाह्रा राखेपछि सूर्यदर्शन गराइन्छ र वयस्क भएपछि बरसँग विवाह गराइन्छ ।

यसरी गरिन्छ कयेता पूजा

नेवार समुदायको जन्मकर्मको १० संस्कार मध्य छोरी चेलीेको ‘इहि’ र बाह्रास् तथा छोराको बुसँखा र केयता पुजालाई जीवन संस्कारका रुपमा चिनिन्छ । छोरालाई गरिने बुँसँखा संस्कारलाई चुडाकर्म पनि भनिन्छ । बालकको शिरमा कपाल खौरेर शिखा (टुप्पी, आङ्सा) मात्र बाकी राखि कान समेत छेड्ने कार्य समेत यस संस्कारमा हुन्छ । यस संस्कारमा बालकलो फूपू र मामाको अहम भूमिका हुन्छ ।

बुसँखा संस्कार पश्च्यात बालक नाबालाक अवस्था पार गरि आफ्नो जातिय समाज र पारिवारिक सद्स्यताको मान्यताको योग्यता प्राप्त गर्ने परम्परागत सामाजिक विस्वास रहि आएका देखिन्छ । यो संस्कारलाई गैह्र नेवाःहरु मुण्डन वा छेवर पनि भन्ने गर्दछन् । यो बुसँखाय संस्कार कसैले छुट्टै गर्ने गर्छन् भने धेरै जसोले सहजताका लागि कयेता पुजा कै दिन गर्ने गर्दछन् ।

नाबालक बालक सामाजिक र पारिवारिक सद्स्य हुन योग्य भए पश्चात् बैस्क अवस्थामा पुगेर जिवनयापनका लागि अनिवार्य शिक्षा दीक्षाको आवस्यक्ता पर्ने भएकाले बालकलाई शिक्षा दीक्षा दिने संस्कार पूरा गरिन्छ जसलाई नेवाः समाजमा ू कयेता ू पुजा भनिन्छ ।

कयेता पुजामा बालकको मामाको अनिवार्य उपस्थितिको आवस्यता पर्छ याने यस संस्कारमा मामाको अहम भूमिका रहेको हुन्छ । कयेता पूजा गरि कयता (लङ्गोती) लल्हाय गरेर लिएर देखा (तान्त्रीक दिक्षा) तथा (केही नेवाः समुदायले जनै समेत धारण गर्नु पर्ने परम्परा रहेको छ) ग्रहण गरेर कयेता पुजाको संस्कार संपन्न गरि सके पछि नितिगत अनुशासनमा बस्नु पर्ने भएकाले कयेता पुजा गरिने बालक शारिरिक र मानसिक रुपमा अलि परिपक्व अवस्थाको उमेर हुनु पर्ने आवस्या भएकाले ८ वर्ष बाट कयेता पुजा गर्न योग्य उमेर मानिने गरेको छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ११ : २३ बजे

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा

पाल्पा टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

तानसेन । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

हिमपातले किसानलाई राहत

मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र