१८ असार २०८३, बिहिबार | July 2, 2026

प्रधानमन्त्री कप क्रिकेट : आर्मीको ४ विकेटको जित



भैरहवा । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबमाथि ४ विकेटको जित निकालेको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा मंगलबार एपीएफलाई हराउँदै आर्मीले प्रतियोगितामा तेस्रो जित निकालेको छ । आर्मीले जितका लागि एपीएफले दिएको १ सय २२ रनको लक्ष्य २४ औं ओभरमा ६ विकेटको नोक्सानीका पूरा गर्यो ।

यससँगै आर्मीले ५ खेलमा ३ जित र २ हारका साथ ६ अंक जोडेको छ । एपीएफले भने ५ खेलमा २ जित र ३ हार ब्यहोर्दै सातौं स्थानमा छ । आर्मीका लागि कप्तान विनोद भण्डारीले नटआउट ३४ रन जोड्दै टिमलाई जित दिलाए । उनले ४० बलमा ४ चौका र १ छक्का प्रहार गरे । कुशल मल्लले १९ र बसिर अहमदले १८ रन जोड्ने क्रममा समान २-२ चौका र १-१ छक्का प्रहार गरे । बलिङमा एपीएफका रमेश कुर्मीले २ विकेट लिँदा मौसम ढकाल र कप्तान रोहितकुमार पौडेलले समान १-१ विकेट लिन सफल भए ।

यसअघि कप्तान रोहितकुमार पौडेलले संघर्षपूर्ण अर्धशतकको मद्दतमा नेपाल एपीएफ क्लबले १ सय २१ रनको सामान्य योगफल बनाएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ३२ ओभर ४ बलमा अलआउट भएको थियो । खराब मौसमका कारण ३६ ओभरमा झारिएको खेलमा एपीएफले सुरुवाती दुवै ओभरको पहिलो बलमा क्रमशः ओपनर प्रज्वल शाही र पुरन विक (३) लाई गुमाउँदा टिम संकटमा परेको थियो । दोस्रो ओभरमा ब्याटिङका लागि आएका कप्तान रोहित ३३ औं ओभरमा नवौं विकेटको रुपमा पेभेलियन फर्किए । उनले १ सय ३ बलको सामना गर्दै ५९ रन जोडे । स्पिनर बसिर अहमदको बलमा ठूलो सट खेल्ने क्रममा क्याच आउट हुनुअघि उनले २ चौका र २ छक्का प्रहार गरेका थिए ।

एकतर्फ लगातार विकेट झर्दा रोहितले अर्कातर्फबाट सम्हालिएर विकेट जोगाएर रन बटुलेका थिए । एपीएफका लागि भुवन कार्कीले १६ र सुमित महर्जनले १४ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । आर्मीका लागि प्लेयर अफ द म्याच समेत भएका सोमपाल कामीले ३ विकेट लिँदा अभिनाश कर्णले २ तथा विवेक यादव, साहब आलम र बसिर अहमदले समान १-१ विकेटको सफलता प्राप्त गरे ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ४ : २४ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले