१६ बैशाख २०८१, आइतबार | April 28, 2024

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न दिएको आदेशलाई निरन्तरता



काठमाडौं । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नुरनगराउनु भनी दिएको अल्पकालीन अन्तरिम आदेशलाई आज निरन्तरता दिएको छ ।

न्यायाधीशद्वय शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले गत मङ्सिर २१ गते न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले एनसेलका बिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नुरनगराउनु भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

आदेशमा भनिएको छ, “स्वामित्व परिर्वतनसम्बन्धी विषय विचारणीय देखिँदा प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म यस अदालतबाट गत मङ्सिर २१ गते जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ ।”

मलेसियाको कम्पनी आजियाटाले एनसेलमा ८० प्रतिशत शेयर स्वामित्व रहेको रेनोल्ड होल्डिङ्सलाई नेपाली मूलका सतिशलाल आचार्यको स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको थियो । उक्त विषय सार्वजनिक भएपछि गोकुलबहादुर रोकायाले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका थिए ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ९ : २३ बजे

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा

फाकफोकथुम गाउँपालिकाबाट इलाम-२ को मतगणना सुरु

इलाम । इलाम-२ मा मतगणना सुरु भएको छ । मुख्य