३ भदौ २०८३, बुधबार | August 19, 2026

प्रधानमन्त्री कप क्रिकेट : पुलिसको पाँचौँ जित दर्ता



काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा पाँचौँ जित दर्ता गराएको छ ।

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले मधेशमाथि ६ विकेटको जित निकाल्दै प्रतियोगितामा पाँचौँ जित दर्ता गराएको हो । पुलिसले ५ खेलमा १० अङ्क जोड्दै अङ्क तालिको शीर्ष स्थानमा यथावत् छ । यता मधेशले ७ खेलमा ८ अङ्क जोडेको छ । मधेश अङ्क तालिकाको तेस्रो स्थानमा छ ।

मधेशले प्रस्तुत गरेको ९७ रनको समान्य लक्ष्य पुलिसले १८ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसका लागि सुनिल धमलाले सर्वाधक २८ रनको योगदान दिए । त्यस्तै कुशल भुर्तेलले १९, आरिफ शेखले अविजित १६ र अमृत श्रेष्ठले अविजित १५ रन बनाए । मधेशका लागि रञ्जीत कुमार र अर्निको यादवले समान दुईरदुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेशले २४ ओभरमा सबै विकेट गुमाउँदै ९६ रनको योगफल बनाएको थियो । मधेशका लागि अर्निको यादवले २३, कप्तान हरिशङ्कर शाहले २२ र अभिशेक तिवारीले अविजित ११ रन बनाए ।

पुलिसका लागि सागर ढकालले पाँच विकेट लिए भने ललितनारायण राजवंशीले चार विकेट झारे । त्यस्तै राशिद खानले एक विकेट लिए ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  २ : ५१ बजे

जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ

काठमाडौँ । केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का

कांग्रेस १५औँ महाधिवेशन : वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन भदौ २४

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यु नियन्त्रण गर्नुहोस् : वर्षमान पुन

काठमाडौं । प्रतिनिधिसभामा सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रण गर्नुपर्ने

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति