४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

प्रधानमन्त्री कप क्रिकेट : पुलिसको पाँचौँ जित दर्ता



काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा पाँचौँ जित दर्ता गराएको छ ।

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले मधेशमाथि ६ विकेटको जित निकाल्दै प्रतियोगितामा पाँचौँ जित दर्ता गराएको हो । पुलिसले ५ खेलमा १० अङ्क जोड्दै अङ्क तालिको शीर्ष स्थानमा यथावत् छ । यता मधेशले ७ खेलमा ८ अङ्क जोडेको छ । मधेश अङ्क तालिकाको तेस्रो स्थानमा छ ।

मधेशले प्रस्तुत गरेको ९७ रनको समान्य लक्ष्य पुलिसले १८ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसका लागि सुनिल धमलाले सर्वाधक २८ रनको योगदान दिए । त्यस्तै कुशल भुर्तेलले १९, आरिफ शेखले अविजित १६ र अमृत श्रेष्ठले अविजित १५ रन बनाए । मधेशका लागि रञ्जीत कुमार र अर्निको यादवले समान दुईरदुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेशले २४ ओभरमा सबै विकेट गुमाउँदै ९६ रनको योगफल बनाएको थियो । मधेशका लागि अर्निको यादवले २३, कप्तान हरिशङ्कर शाहले २२ र अभिशेक तिवारीले अविजित ११ रन बनाए ।

पुलिसका लागि सागर ढकालले पाँच विकेट लिए भने ललितनारायण राजवंशीले चार विकेट झारे । त्यस्तै राशिद खानले एक विकेट लिए ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  २ : ५१ बजे

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ

संसदीय छानबिन समिति बनाउन विपक्षी दल एकजुट

काठमाडौं । प्रतिनिधिसभामा विपक्ष दलहरुले कांग्रेसले उठाएको सहकारी प्रकरणमा संसदीय

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको

राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी

कांग्रेसद्वारा संसदीय छानबिन समिति गठनको माग यथावत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति