१६ बैशाख २०८३, बुधबार | April 29, 2026

एउटै पार्टीको बहुमत पुग्न गाह्रो भएकाले गठबन्धन : सभापति देउवा



वालिङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानअनुसार एउटै पार्टीको मात्रै बहुमत पुग्ने अवस्था नरहेकाले अन्य दलसँग गठबन्धन गर्नुपरेको बताएका छन् ।

कांग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई आज सदरमुकाम पुतलीबजारमा सम्बोधन गर्दै उनले हालको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गर्नु रहर नभई बाध्यता रहेको बताए ।

“संविधानमा समानुपातिक समावेशी प्रणालीको व्यवस्था गरिएकाले पनि एउटा मात्रै पार्टीले बहुमत ल्याउन सक्ने अवस्था देखिंदैन”, उनले भने, “बहुमत पु¥याउनका लागि कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने बाध्यता छ ।”

कांग्रेसले अहिले नेकपा माओवादी केन्द्रलगायत अन्य पार्टीसँग गठबन्धन गरेको उनले बताए । अहिले अन्य पार्टीसँग गठबन्धन गरिएपनि कुनै समस्या नभएको उनको भनाइ थियो ।

कांग्रेसको इतिहासमा स्याङ्जा क्रान्तिकारी ठाउँ भएको स्मरण गर्दै उनले पार्टीलाई अझै बलियो बनाउन नेता कार्यकर्तालाई निर्देशन दिए । “पार्टीको इतिहासलाई सम्झेर अझै बलियो बनाउने गरी अगाडि बढ्नुहोस्”, उनले भने, “कांग्रेसले बहुमत ल्याउने गरी लाग्नुहोस् ।”

नेपालमा बहुदलीय व्यवस्था आएपछि मात्रै विकासमा परिवर्तन देखिन थालेका उनको भनाइ थियो । जनताले चाहे जस्तो नभएको होला तर देशमा परिवर्तन भएको सभापति देउवाले बताए ।

कांग्रेसका उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

“कांग्रेस सिद्धियो, सिद्धियो भन्छन् म त जस्ताको तस्तै देख्छु”, उनले भने, “हामी एकबद्ध भएर अगाडि बढौँ, थोरै बोलौँ, जुन हाम्रो सभापतिबाट सिकौँ ।” “पार्टी सभापति देउवा थोरै बोलेर पनि काम धेरै गर्नुहुन्छ, उहाँबाट सिक्नुपर्छ”, उनले भने ।

कार्यक्रममा पूर्वमहामन्त्री शशाङ्क कोइराला, सहमहामन्त्री जीवन परियार, कांग्रेस केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई, प्रदीप पौडेल, सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कांग्रेस स्याङ्जाका सभापति राजु थापालगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रजातन्त्रका सेनानीहरुलाई सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ७ : ३० बजे

सरकारलाई आफ्नै बहुमतको संसद्माथि विश्वास छैन : गगन थापा

काठमाडौं । गगन थापाले सरकारलाई आफ्नै बहुमत भएको संसद्माथि विश्वास

चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने

काठमाडौं । चक्रपथ विस्तार (दोस्रो चरण) कार्यान्वयन गर्न चीन सरकारले

खजुराको पालिका गानमा ४ जना रचनाकारको नाम राखेपछि पालिका गान विवादमा

खजुरा । जननिर्वाचित पदाधिकारीको कार्यकाल सकिन १ वर्ष बाँकी रहँदा

रुपन्देहीमा माइक्रो बस र ईभी माइक्रो ठोक्कीए, २ जनाको मृत्यु

बुटवल। रुपन्देहीको देवदहमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको

४ बुँदे माग सहित भेरी अस्पतालका चिकित्सक काममा फर्कन थाले

नेपालगन्ज । चिकित्सकहरुलाई ज्यान मार्ने धम्की दिने तथा अस्पताल प्रमुखलाई