३ भदौ २०८३, बुधबार | August 19, 2026

प्रधानमन्त्री कप क्रिकेट : आर्मीको चौथो जित



भैरहवा । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा चौथो जित निकालेको छ । आर्मीले लुम्बिनी प्रदेशलाई पराजित गर्दै चौथो जित निकालेको हो ।

बुधबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा खराब मौसमका कारण २६ ओभरमा झारिएको खेलमा त्रिभुवन आर्मीले लुम्बिनीमाथि ६५ रनको जित निकालेको हो । यस जितसँगै आर्मी प्रधानमन्त्री कपमा ६ खेलमा ८ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । लुम्बिनी भने १ जितका साथ नवौं स्थानमा छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित २६ ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ७० रनको योगफल बनायो । आर्मीका लागि ओपनर इमरान शेखले ७० बलमा ७ चौका र १ छक्कसहित नटआउट ६७ रन जोड्दै टिमलाई बलियो स्कोरसम्म पुर्याउन योगदान दिए ।

यस्तै, इमरानलाई कप्तान विनोद भण्डारीले २५ बलमा ३४ रन जोड्दै साथ दिए । उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए । भिम सार्कीले ४० बलमा १ चौका र १ छक्कासहित २४ रन जोड्न सफल भए । बलिङमा लुम्बिनीका नर सार्की र मोहम्मद हुसेनले समान २–२ विकेट लिए ।

जवाफमा मैदानमा उत्रिएको लुम्बिनी प्रदेश २६ ओभरमा ८ विकेट गुमाएर १ सय ५ रनमै समेटियो । उसका लागि कृष्ण कार्कीले नटआउट ३५ रन जोड्दै लुम्बिनीको इनिङ सम्हाले । यस्तै, मिर्नाल गुरुङले १८, मोहम्मद हुसेनले १५ र अभिशेक गौतमले नटआउट ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

आर्मीका कुशल मल्लले ६ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले २ तथा अभिनाश कर्ण र साहव आलमले समान १–१ विकेट लिए । आर्मीका इमरान शेख प्लेयर अफ द म्याच भए ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ८ : ३६ बजे

तिनाउको हेडबक्स नजिक पहिरो, बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

सांसदको आचरणमाथि प्रश्न उठेपछि रास्वपा सभापति लामिछानेले बोलाए मन्त्रीसहित बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकार र आफ्नै

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत

मजपोक-नेटा-अर्मन-किमचौर-ताराखोला सडक : स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

म्याग्दी । यहाँको मंगला गाउँपालिका-५ को पोक-नेटा-अर्मन-किमचौर हुँदै बागलुङको ताराखोला

सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’

भोजपुर । भोजपुर बजार क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको