३ भदौ २०८३, बुधबार | August 19, 2026

यु–१९ विश्वकप क्रिकेट : पाकिस्तानद्वारा नेपाल पराजित



काठमाडौं । आइसिसी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेटअन्तर्गत समूह ‘डी’ को आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपाललाई पाकिस्तानले पाँच विकेटले हराएको हो । जितसँगै पाकिस्तान समूह ‘डी’बाट सुपर सिक्समा प्रवेश गरेको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित क्रिकेट मैदानमा नेपालले आज टस जितेर पहिला ब्याटिङ गर्दै पाकिस्तानलाई जितका लागि एक सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त विजय लक्ष्य पाकिस्तानले पाँच विकेटको क्षतिमा ४७ दशमलव चार ओभरमा पूरा ग¥यो । पाकिस्तानका लागि आजन आविसले अविजित ६३, शम्याल हुसेनले ३७, शाहजैब खानले ३७, अहमद हसनले २९ तथा हारुन अर्शदले अविजित १५ रन बनाए ।

बलिङतर्फ नेपालका आकाश चन्दले तीन तथा आकाश त्रिपाठी र दिपेश काडेलले एक एक विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नेपालले सवै विकेट गुमाएर एक सय ९७ रन बनाएको थियो । नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रनको योगदान दिए । उनले ६८ बल खेल्दै चार चौका र एक छक्का प्रहार गरे । यस्तै दीपक डुम्रेले ५८ बल खेल्ने क्रममा एक छक्कासहित २६ रन बनाए । कप्तान देव खनालले ३७ बलमा तीन चौकासहित २३, गुल्शन झाले १८, सुवास भण्डारीले २०, आकाश चन्दले अविजित १६, दिपेश कँडेलले १३ तथा अर्जुन कुमाल र आकाश त्रिपाठीले समान ६÷६ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका अराफात मिनहासले तीन, उबैद शाह र अहमद हुसैनले दुई दुई तथा अली असफन्ड, खुबैब खलिल र मोहम्मद जिशनले एक एक विकेट लिए ।

प्रतियोगितामा यसअघि नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई एक सय ८१ रनले हराएको थियो । नेपालले अब शुक्रबार समूह ‘डी’ को अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  १० : १९ बजे

मजपोक-नेटा-अर्मन-किमचौर-ताराखोला सडक : स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

म्याग्दी । यहाँको मंगला गाउँपालिका-५ को पोक-नेटा-अर्मन-किमचौर हुँदै बागलुङको ताराखोला

सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’

भोजपुर । भोजपुर बजार क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको

दश वर्षमा पनि बनेन मनाङमा पुल

मनाङ । हिमाली जिल्ला मनाङमा निर्माण सम्झौता भएको १० वर्ष

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा मुख्यमन्त्री

राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

म्याग्दी । पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका-३