२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

तिलोत्तमा नगरस्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी कुंवरवर्तीलाई



तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको आयोजना रहेको पाँचौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा तिलोत्तमा-८ मा अवस्थित कुंवरवर्ती बोर्डिङ स्कूल प्रथम भएको छ ।

नगरभित्रका सामुदायिक र संस्थागत गरी ३८ विद्यालयले भाग लिएको प्रतियोगितामा १२ स्वर्ण, १२ रजत र ३ कास्य पदक जित्दै कुंवरवर्ती प्रथम भएको हो । यो सहित कुंवरवर्ती नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा लगातार चारपटक च्याम्पियन बन्न सफल भएको छ ।

यसअघि कुंवरवर्तीले दोस्रो,तेस्रो र चौथो संस्करणको रनिङ शिल्ड जितेको थियो । तिलोत्तमा-४, डिङ्गरनगर स्थित जनज्योती क्लबको खेल मैदानमा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा जनज्योति मावि डिंगरनगर ११ स्वर्ण,४ रजत र २ कास्य पदक जित्दै दोस्रो भएको छ भने शान्ति नमूना मावि ८ स्वर्ण,४ रजत र २ कास्य पदक सहित तेस्रो भएको छ ।

प्रथम, दोस्रो र तेस्रो भएका विद्यालयले क्रमशः ३०,२० र १० हजार नगद पुरस्कार पाएका छन् । विद्यालयस्तरमा रहेका खेल प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको प्रतियोगितामा छात्रा तथा छात्राहरुबीच भलिबल, कबड्डी, एल्लेटिक्स, कराँते र तेक्वान्दो लगायतका इभेन्टमा ५२ स्वर्ण पदकमा प्रतिष्पर्धा भएको थियो ।

प्रतियोगितामा १४ सय विद्यार्थीको सहभागिता रहेको थियो । विजयी विद्यालय र खेलाडीहरुलाई नगरप्रमुख रामकृष्ण खांण सहित उपप्रमुख जागेश्वरी देवी चौधरी लगायतले शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरेका थिए ।

 

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ९ : ०८ बजे

अस्वाभाविक महत्वाकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर वृहत एकतामा जुटौं : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले प्रतिनिधिसभा निर्वाचनको परिणामले

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

त्रिवेणी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा

राहुघाट-पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

गगनलाई राजीनामा नदिन चन्द्र भण्डारीको सुझाव, भने- “भाग्ने होइन, कांग्रेस बचाउने समय” हो   

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति

रूपन्देहीका विभिन्न स्थानबाट अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली