८ कार्तिक २०८३, आइतबार | October 26, 2026

कोशी प्रदेशबाट गठबन्धन उम्मेदवार कृष्ण सिटौला विजयी



विराटनगर । कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा गठबन्धन उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएका छन् । कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौलाले एमाले-राप्रपा गठबन्धनका उद्धव पौडेलले भन्दा ७३० मतभार बढी ल्याएर  निर्वाचित भएका हुन् ।

सिटौलाले प्रदेशसभातर्फ २३८५ मतभार पाए भने पौडेलले २४९१ मतभार पाए । स्थानीय तहतर्फ सिटौलाले २९०७ र पौडेलले २०७१ मतभार पाए ।

सिटौलाले कुल ५२९२ र पौडेलले ४५६२ मतभार पाए । सिटौलालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो ।

२ जना प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेर पौडेललाई मत हाले पनि स्थानीय तहतर्फबाट भने उनले मत पाउन सकेनन्।

उनले स्थानीय तह तर्फबाट भने १०९ जनाको मात्रै मत पाए । राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी सिटौलालाई सत्ता गठबन्धले कोशीबाट उम्मेदवार बनाएपछि एमालेले सिटौला हराउने लक्ष्य सहित राप्रपासँग गठबन्धन गरेको थियो ।

कोशी प्रदेशमा सत्ता गठबन्धनका मतदाताले फ्लोर क्रस गर्दा महिला कोटामा भने एमाले उम्मेदवार रूक्मिणी कोइराला विजयी भएकी थिइन् । एमालेकी उम्मेदवार रूक्मिणी कोइरालाले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीले भन्दा बढी मतभार ल्याउँदै विजयी भएकी हुन् ।

 

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ५ : ५९ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको