१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

कोशी प्रदेशबाट गठबन्धन उम्मेदवार कृष्ण सिटौला विजयी



विराटनगर । कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा गठबन्धन उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएका छन् । कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौलाले एमाले-राप्रपा गठबन्धनका उद्धव पौडेलले भन्दा ७३० मतभार बढी ल्याएर  निर्वाचित भएका हुन् ।

सिटौलाले प्रदेशसभातर्फ २३८५ मतभार पाए भने पौडेलले २४९१ मतभार पाए । स्थानीय तहतर्फ सिटौलाले २९०७ र पौडेलले २०७१ मतभार पाए ।

सिटौलाले कुल ५२९२ र पौडेलले ४५६२ मतभार पाए । सिटौलालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो ।

२ जना प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेर पौडेललाई मत हाले पनि स्थानीय तहतर्फबाट भने उनले मत पाउन सकेनन्।

उनले स्थानीय तह तर्फबाट भने १०९ जनाको मात्रै मत पाए । राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी सिटौलालाई सत्ता गठबन्धले कोशीबाट उम्मेदवार बनाएपछि एमालेले सिटौला हराउने लक्ष्य सहित राप्रपासँग गठबन्धन गरेको थियो ।

कोशी प्रदेशमा सत्ता गठबन्धनका मतदाताले फ्लोर क्रस गर्दा महिला कोटामा भने एमाले उम्मेदवार रूक्मिणी कोइराला विजयी भएकी थिइन् । एमालेकी उम्मेदवार रूक्मिणी कोइरालाले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीले भन्दा बढी मतभार ल्याउँदै विजयी भएकी हुन् ।

 

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ५ : ५९ बजे

सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, दुई बन्द

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति

नख्खु जेल प्रकरणमा रवि लामिछानेसहित चार जनामाथि सूक्ष्म अनुसन्धान सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा नख्खु

जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र

पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

काठमाडौं । मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक

शुक्रबार अपरान्ह ४ बजे बजेट भाषण

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को