४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

यू-१९ विश्वकप क्रिकेट : जित्नै पर्ने दबाबका बीच अफगानिस्तानको सामना गर्दै नेपाल



काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपालले आज (शुक्रबार) समूह चरणको तेस्रो तथा अन्तिम खेल खेल्दैछ । यसअघिका २ खेलमा हार बेहोरेपछि जित्नै पर्ने दबाबमा रहेको नेपालले शुक्रबार अफगानिस्तानको सामना गर्न लागेको हो ।

नेपाल र अफगानिस्तानको खेल नेपाली समयानुसार दिउँसो १:४५ बजेदेखि सुरु हुनेछ ।

यसअघिका २ खेलमा हार बेहोरेको नेपालले सुपर सिक्समा पुग्नलाई अफगानिस्तानलाई हराउनै पर्छ । नेपाल समूह चरणको पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ ।

शुक्रबारको खेलमा अफगानिस्तानलाई हराए नेपाल सुपर सिक्समा पुग्नेछ । सुपर सिक्समा पुग्दा नेपालले समूह ‘डी’का न्यूजिल्याण्ड र पाकिस्तानका साथै समूह ‘ए’का शीर्ष ३ टोलीसँग प्रतिस्पर्धा गर्न पाउनेछ ।

अफगानिस्तानका लागि पनि सुपर सिक्समा पुग्न शुक्रबार नेपालविरुद्धको खेलमा जित्नै पर्ने बाध्यता छ । अफगानिस्तानले यसअघि पहिलो खेलमा पाकिस्तानसँग १८१ रन र दोस्रो खेलमा न्यूजिल्याण्डसँग १ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ७ : ५२ बजे

हिराबहादुर खत्रीलाई जिताउन मतदाताको आग्रह

देवदह । रुपन्देही निर्वाचन क्षेत्र नम्बर-१ का मतदाताले नेपाली कांग्रेसका

एजाज आलमको उम्मेदवारीले मुस्लिम समुदायमा प्रतिनिधित्वको आशा जगायो

बुटवल । बुटवलका मुस्लिम अगुवाहरुले मुस्लिम समुदायबाट पनि प्रतिनिधिसभा निर्वाचनका

रुपन्देहीमा राष्ट्रिय जनमोर्चाको चुनावी अभियान सक्रिय

बुटवल । राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा चुनावी अभियानलाई तीव्रता दिएको छ

ज्योतिष नबनौं, हल्लाको पछि नलागौं

बुटवल । ‘चितवन-३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन, रेनु दाहाल

१३-औं ‘दीप गायन तारा’ को उपाधि साकार शाहीलाई

बुटवल । बुटवलस्थित दीप बोर्डिङ हाई स्कुलद्वारा आयोजित १३-औं संस्करणको