११ श्रावण २०८३, सोमबार | July 27, 2026

सन्धि सम्झौताको कागजात नष्ट गर्नेलाई राज्यद्रोहको मुद्दा लगाउन प्रस्ताव



काठमाडौं । विभिन्न देशसँग भएका सन्धि सम्झौतासहित देशका महत्वपूर्ण कागजात सुरक्षित नराख्ने तथा नष्ट गर्नेलाई राज्यद्रोह सरहको मुद्दा लगाउनुपर्ने मौखिक प्रस्ताव संसदीय समितिमा राखिएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा०)की सांसद सुमना श्रेष्ठले विभिन्न देशसँग भएका सन्धि सम्झौतासहित देशका महत्वपूर्ण दस्तावेजहरु सुरक्षित नराख्ने तथा नष्ट गर्ने जिम्मेवार व्यक्तिलाई राज्यद्रोह सरहको मुद्दा लगाउनुपर्ने मौखिक प्रस्ताव राखेकी हुन् ।

बैठकमा ‘अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयक’माथि भएको छलफलमा भाग लिँदै उनले राज्यको महत्वपूर्ण कागजात नष्ट गर्नेहरुलाई कम्तीमा २० वर्ष जेल र अधिकतम आर्थिक जरिवाना हुने गरी प्रचलित व्यवस्था संशोधन गर्नुपर्ने बताइन् ।

‘देशको इतिहास, सन्धि÷सम्झौताहरु, महत्वपूर्ण कागजातहरु सबै डिस्ट्रोइ गरे पनि जरिवाना पाँच हजार रुपैयाँ रु’ भन्दै प्रश्न गरेकी उनले भनिन्, ‘नेपालले गरेको सन्धिहरु कसैले डिस्ट्रोइ गर्छ, बिगार्छ, नष्ट गर्छ, लिग गर्छ भने त्यो राष्ट्रद्रोहको लेवलमा कारबाही गर्नुपर्छ । कम्तीमा २० वर्ष जेल र अधिकतम आर्थिक जरिवाना हुने गरी प्रचसलत व्यवस्था संशोधन गर्नुपर्छ ।’

 

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ३ : ३४ बजे

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्ने सुविधा दिने

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं । काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा

उपभोक्ताले जगेडा ग्यास राख्दा बजारमा ग्यास अभाव देखियो : ग्यास उद्योगी

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप