१२ बैशाख २०८३, शनिबार | April 25, 2026

शनिबारदेखि नेपालगन्जमा मेयर कप फुटबल हुँदै



नेपालगन्ज । नेपालगन्जमा शनिबार देखि मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।

बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा सुरु हुन लागेको प्रतियोगिता माघ २४ गते सम्म चल्नेछ । शनिबार उद्घाटन हुने प्रतियोगिता सम्पुर्ण तयारी पुरा भएको प्रतियोगिता संयोजक एवम बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष निर्मल चन्दले जानकारी दिए ।

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट ट्रेनिङ सेन्टरको मैदानमा हुने प्रतियोगितामा बाँके जिल्लाका विभिन्न ८ स्थानीय तहका २८ वटा पुरुष फुटबल टिमको सहभागिता रहेको छ । महिला टिमहरुको न्युन सहभागिता भएका कारण दर्ता समय थप लम्बाइएको संघले जनाएको छ ।

कोभिड पछि पहिलो पटक हुन लागेको विद्यालय स्तरको प्रतियोगिताले बाँके जिल्लामा नयाँ प्रतिभावान खेलाडी उत्पादनमा सहयोग गर्ने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले बताए । उनले भने,‘हामी निकै खुसी छौं । विविध कारणले विद्यालय स्तरको प्रतियोगिता पछिल्लो दुई वर्ष देखि हुन सकेको थिएन । यसले नयाँ खेलाडीहरुलाई आफनो क्षमता देखाउने अवसर मिलेको थिएन । यसले विद्यालय स्तरका खेलाडीलाई धेरै फाइदा पुग्नेछ ।’

बाँके जिल्ला फुटबल संघले अब सक्रिय भएर फुटबलको विकासमा लागिरहेको अध्यक्ष शाहीले बताए । आगामी दिनमा क्रमश प्रतियोगितासँगै अन्य थुप्रै कार्यक्रमहरु आयोजना गर्ने तयारी भैरहेको उनले बताए । उनले भने,‘बाँकेमा अब फुटबल गतिविधिले फेरी पुनरागमन गर्नेछन् । विश्वलाई स्तब्ध बनाएको कोभिडले फुटबलका गतिविधिमा असर गरेको थियो । त्यसपछि हामीलाई काम गर्न केहि समस्या भयो । तर अब हामी नयाँ उत्साह र जोस साथ बाँकेको फुटबललाई माथि उठाउने प्रयासमा जुटेका छौं ।’

शनिबार प्रतियोगिताको उद्घाटन दिनमा डिफेन्डिङ च्याम्पियन पशुपति मावि राझाँ र कोहलपुरको बागेश्वरी एकेडेमी बिच प्रतिस्पर्धा हुनेछ ।

छात्र तर्फ प्रतियोगिताको समुह ‘ए’ पशुपति मावि राझा, बागेश्वरी एकेडेमी, मंगल प्रसाद मावि, जय बागेश्वरी इङलिस मिडियम स्कुल, होलिल्याण्ड मावि, ड्रिमल्याण्ड इङलिस मिडियम स्कुल, लक्ष्मी मावि बर्दहवा, एबिसी रेसिडेन्टल, जिभिएन कलेज, नेपालगन्ज सेन्ट जेभियर्स, धम्बोझी मावि, आदर्श मावि खजुरा, सेन्ट थोमस र ग्रिनपिस मावि रहेका छन् ।

प्रतियोगिताको समुह ‘बी’ नेपालगन्ज मोडेल एकेडेमी, जीवन ज्योती स्कुल, मोर्डन पब्लिक स्कुल, डाइनामिक मावि कोहलपुर, ब्राइटल्यान्ड स्कुल, राम जानकी मावि कोहलपुर, राम मावि हवलदारपुर, सुर्योदय मावि बैजानाथ, अमर मावि सि गाउँ, ब्राइटल्यान्ड कलेज, बाल विद्या मावि , कृष्ण मावि कोहलपुर र सनविम स्कुल नेपालगन्ज रहेका छन् ।

प्रतियोगिताको विजेता छात्र–छात्रा टिमले समान रुपमा २१ हजार र उपविजेताले ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने प्रतियोगिता संयोजक चन्दले बताए ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ९ : १७ बजे

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका

सुकुमवासी बस्ती हटाउन बिहानैदेखि बाक्लो सुरक्षाकर्मी परिचालन

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका बागमती र मनोहरा नदीकिनार अतिक्रमण

आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना

काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका

निजामती विधेयकको मस्यौदा : दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव