१२ श्रावण २०८१, शनिबार | July 27, 2024

चितवनमा मैयाँदेवी स्‍मृति यु १९ महिला क्रिकेट प्रतियोगिता सुरु, गण्डकी प्रदेशको विजयी सुरुवात



चितवन । चितवनमा प्रदेशस्तरीय यु-१९ महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको मैयाँदेवि स्मृति यू–१९ प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता शुक्रबार देखी सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । चितवनको गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा सुदुरपश्चिमले दिएको ५८ रनको झिनो लक्ष्य गण्डकीले १० ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टायो । गण्डकीको जितमा सीमाना केसीले नटआउट २० रन बनाईन् । ३४ बल खेलेकी सीमानाले २ चौका प्रहार गरिन् । सुदुरपश्चिमकी अनु कडायत र जानका थापाले १-१ विकेट लिए ।

त्यस अघि टस जितेर पहिलो ब्याटिङ रोजेको सुदुरपश्चिम १६ ओभर १ बलमा ५७ रनमा समेटियो । उसका लागि सावित्री धामीले १२ बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् । सुदुरपश्चिमलाई सस्तैमा समेट्न गण्डकीकी निरुता जिटी एक्लैले ४ विकेट लिईन् । ४ ओभर बलिङ गरेकी निरुताले एक मेडन राख्दै ४ रन मात्र खर्चिन् । ज्योत्सनिका मरासिनीले २ तथा आकृति तिवारी र सीमाना केसीले १-१ विकेट हात पारे । ४ विकेट लिएकी निरुता प्लेयर अफ दि म्याच बनिन् ।

यस अघि प्रतियोगिताको भरतपुर महानगर प्रमुख रेणु दाहालले उद्घाटन गरेकी थिईन् । उद्घाटन कार्यक्रममा मेयर दाहालसँगै, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, मैयाँदेवी ट्रष्टका महासचिव टंकनाथ पौडेल र नेपाल नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन लगायतले बोलेका थिए । १९ गतेसम्म चल्ने प्रतियोगिताका सातै प्रदेशबाट महिला टोलीको सहभागिता छ । यस प्रतियोगितालाई क्यानले आफ्नो वार्षिक क्यालेन्डरमा समेत समेटेको थियो ।

 

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  १० : ५९ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान