२९ भदौ २०८३, सोमबार | September 15, 2026

‘समुदायमा कांग्रेस’ अभियानका लागि बाँकेको ८१ वडाका लागि छानिए जिल्ला प्रतिनिधि



नेपालगन्ज । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियानका लागि बाँकेमा ८१ वटै वडामा जिल्ला प्रतिनिधि खटाइएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेको आज बसेको वैठकले ८१ वटै वडामा जिल्ला प्रतिनिधि खटाउने निर्णय गरेको हो ।

‘समुदायमा कांग्रेस’ अभियानका लागि बाँके प्रतिनिधि केन्द्रीय सदस्य गुरु बरालको प्रमुख आतिथ्यता तथा जिल्ला सभापति नारायणप्रसाद गौडेलको अध्यक्षता सम्पन्न वैठकले महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्यहरुलाई जिल्ला प्रतिनिधिका रुपमा खटाउने निर्णय गरेको सचिव सुधांशु कोइरालाले जानकारी दिए ।

वडामा खटिने जिल्ला प्रतिनिधिलाई आइतबार पार्टी कार्यालयमा केन्द्रीय प्रतिनिधि बरालले अभिमुखीकरण गर्ने कार्यक्रम रहेको सचिव कोइरालाले बताए । उनले केन्द्रीय प्रतिनिधि बराल अभियानका क्रममा जिल्लाका ८ वटै पालिकामा सहभागी हुने बताए ।

वैठकमा पूर्व पार्टी सभापति एवम् राष्ट्रिय सभा सदस्य युवराज शर्मा, पूर्व सभापति कृष्णमान श्रेष्ठ, क्षेत्रीय सभापति, पालिका सभापति, सांसद, स्थानीय तहका प्रमुखरउपप्रमुखको उपस्थिती रहेको थियो ।

कांग्रेसको केन्द्रीय कार्यक्रम अन्तर्गत माघ १६ गतेदेखि माघ २६ गतेसम्म वडा स्तरमा अभियान सञ्चालन गर्न लागेको हो ।

कांग्रेसको अभियान अन्तर्गत समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गरिने कांग्रेसले जनाएको छ । जनताबाट आएका सुझावलाई कार्यान्वयनका लागि पहलकदमी लिने तथा महासमिति बैठक लगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शनका रुपमा लिने अभियानको उद्देश्य रहेको कांग्रेसले जनाएको छ ।

कांग्रेसको केन्द्रीय सर्कुलर अनुसार अभियानमा जनताका कुरा सुन्ने अभियान भएको हुँदा औपचारिक आसन ग्रहण र मन्तव्य लगायत कार्यक्रम रहने छैनन् । माघ १६ गते शहीद दिवसका दिन विशेष कार्यक्रमसहित अभियानको पहिलो चरण प्रारम्भ हुनेछ । उक्त दिन ६ हजार ७ सय ४३ वडामा मात्र कार्यक्रम हुनेछ ।

सम्बन्धित वडा र जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि बाहेक कांग्रेसको केन्द्रदेखि वडासम्म विभिन्न तहमा रहेका पदाधिकारी एवं सदस्य, भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थामा आबद्ध केन्द्रदेखि स्थानीय तहसम्मका नेताहरू आफू क्रियाशील सदस्य रहेको वडामा पुग्नुपर्ने पार्टी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त दिन सबै नेता वडाको कुनै न कुनै श्रमसँग सम्बन्धित काम वा सामाजिक कार्यमा सहभागी हुनुपर्नेछ । अभियानको यो चरण माघ २६ गते पार्टीका स्व. सभापति सुशील कोइरालाको स्मृति दिवसको दिन समापन हुनेछ ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ७ : २४ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ