२९ मंसिर २०८२, सोमबार | December 15, 2025

लुम्बिनी प्रदेश अन्तर्गतका बाँकेका कार्यालयको पुँजीगत खर्च १८ प्रतिशत



नेपालगन्ज । बाँकेमा रहेका लुम्बिनी प्रदेश अन्तर्गत रहेका सरकारी कार्यालयले चालु आर्थिक वर्षको पुस मसान्त सकिँदा पुँजीगत तर्फ १८ प्रतिशत मात्रै बजेट खर्च गरेका छन् । ती कार्यालयहरुले चालु तर्फ १९ प्रतिशत मात्र बजेट खर्च गरेका छन् ।

चालु आर्थिक वर्ष २०८०/०८१ का लागि प्रदेशले पुँजीगत तर्फ २ अर्ब १८ करोड ८२ लाख ७६ हजार रुपैयाँ विनियोजन गरेकोमा पुस महिनासम्म ३९ करोड ६७ लाख ८७ हजार ६ रुपैयाँ मात्र खर्च भएको प्रदेश लेखा इकाई कार्यालय नेपालगन्जले जनाएको छ । ।

इकाई कार्यालय नेपालगन्जका अनुसार आर्थिक वर्ष २०८०/०८१ का लागि चालुतर्फ १ अर्ब ४५ करोड २९ लाख २७ हजार बजेट विनियोजन गरेकोमा २८ करोड २४ लाख ८३ हजार १ सय ३१ रुपैयाँ मात्र खर्च भएको छ ।

प्रदेश सरकार अन्तर्गत रहेका कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ को पुस महिनासम्म अघिल्लो वर्ष भन्दा बृद्धि गर्दै ४२ करोड ३७ लाख ९८ हजार ८ सय रुपैयाँ बराबरको राजश्व संकलन गरेको इकाई कार्यालयले जानकारी दिएको छ । यसअघि गत आर्थिक वर्ष २०७९/०८० को पुस महिनासम्म कार्यालयले ३९ करोड ४० लाख ६१ हजार ४ सय ४० रुपैयाँ राजश्व संकलन गरेका थिए ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १२ : ३८ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले