७ चैत्र २०८२, शनिबार | March 22, 2026

लुम्बिनी प्रदेश अन्तर्गतका बाँकेका कार्यालयको पुँजीगत खर्च १८ प्रतिशत



नेपालगन्ज । बाँकेमा रहेका लुम्बिनी प्रदेश अन्तर्गत रहेका सरकारी कार्यालयले चालु आर्थिक वर्षको पुस मसान्त सकिँदा पुँजीगत तर्फ १८ प्रतिशत मात्रै बजेट खर्च गरेका छन् । ती कार्यालयहरुले चालु तर्फ १९ प्रतिशत मात्र बजेट खर्च गरेका छन् ।

चालु आर्थिक वर्ष २०८०/०८१ का लागि प्रदेशले पुँजीगत तर्फ २ अर्ब १८ करोड ८२ लाख ७६ हजार रुपैयाँ विनियोजन गरेकोमा पुस महिनासम्म ३९ करोड ६७ लाख ८७ हजार ६ रुपैयाँ मात्र खर्च भएको प्रदेश लेखा इकाई कार्यालय नेपालगन्जले जनाएको छ । ।

इकाई कार्यालय नेपालगन्जका अनुसार आर्थिक वर्ष २०८०/०८१ का लागि चालुतर्फ १ अर्ब ४५ करोड २९ लाख २७ हजार बजेट विनियोजन गरेकोमा २८ करोड २४ लाख ८३ हजार १ सय ३१ रुपैयाँ मात्र खर्च भएको छ ।

प्रदेश सरकार अन्तर्गत रहेका कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ को पुस महिनासम्म अघिल्लो वर्ष भन्दा बृद्धि गर्दै ४२ करोड ३७ लाख ९८ हजार ८ सय रुपैयाँ बराबरको राजश्व संकलन गरेको इकाई कार्यालयले जानकारी दिएको छ । यसअघि गत आर्थिक वर्ष २०७९/०८० को पुस महिनासम्म कार्यालयले ३९ करोड ४० लाख ६१ हजार ४ सय ४० रुपैयाँ राजश्व संकलन गरेका थिए ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १२ : ३८ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा