८ बैशाख २०८३, मंगलबार | April 21, 2026

भारतमा मन्दिर भत्किँदा एक महिलाको मृत्यु, १७ जना घाइते



नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा भक्तजनका लागि बनाइएको मञ्च एक्कासि भत्किँदा एक महिलाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् ।

“आइतबार बिहानै हामीलाई कालकाजी मन्दिरको एउटा स्टेज भत्किएको खबर आयो । तत्काल उद्धार टोली घटनास्थलमा पुगेको छ,” स्थानीय प्रहरी अधिकारीले भने ।

घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको र उनीहरूको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ । घटनापछि कार्यक्रमस्थलमा भागदौड मच्चिएको थियो र मानिसहरु भागेर आत्तिएर चिच्याइरहेका देखिन्थे ।

प्रहरी अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले मन्दिरमा बिना अनुमति धार्मिक कार्यक्रम आयोजना गरिएको जनाएका छन् । कार्यक्रममा महिला र बालबालिकासहित एक हजार ६०० भन्दा बढीको सहभागिता रहेको थियो ।

भिडिओमा घटनास्थल खचाखच भरिएको देख्न सकिन्छ । प्रारम्भिक अनुसन्धान अनुसार मान्छेको वजन धान्न नसकेर मन्दिरको अगाडि बनाइएको स्टेज भत्किएको थियो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ती महिलाको निधनप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन । उनले यस्ता ठूला कार्यक्रम आयोजना गर्दा सुरक्षा नियम पालना गर्न आग्रह गरे ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ४ : ५३ बजे

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई