१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

९ औं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी तीब्र, मैदान र प्याराफिट निर्माणको काम ८० प्रतिशत सम्पन्न



बुटवल । यस क्षेत्रकै प्रतिष्ठित क्लब मणिमुकुन्द भलिबल क्लबको आयोजनामा हुँदै आई रहेको मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ९ औं सस्करणको तयारी तीब्र रुपमा अघि बढेको छ । तिलोत्तमा-२ योगिकुटी स्थित क्लबको आफ्नै मैदानमा यही माघ २६ गतेदेखि फागुन २ गतेसम्म चल्ने प्रतियोगिताको तयारीका लागि बिहान ८ बजेदेखि रातको ६ बजेसम्म निरन्तर काम भैरहेको आयोजकले जनाएको छ ।

माटो फिलिङ गरेर मैदान सम्याउने काम करिब अन्तिम चरणमा पुगेको छ भने प्याराफिट निर्माणको काम पनि करिब ८० प्रतिशत सम्पन्न भएको आयोजकले जनाएको छ ।

यस पटकको प्रतियोगितामा सबै खेल म्याट बिच्छ्याएर खेलाइने भएकाले मैदानमा सोही अनुसारको माटो राखेर लेबल मिलाउने काम करिब अन्तिम चरणमा पुगेको आयोजक मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए ।

यसैगरी करिब ३ हजार दर्शकले एकसाथ अवलोकन गर्न मिल्नेगरी मैदानको तीनतर्फ प्याराफित निर्माणको काम पनि ८० प्रतिशत बढी सम्पन्न भएको उनले जानकारी दिए । यसबाहेक मञ्च निर्माण, टिकट काउन्टर, गेट निर्माण, शौचालय व्यवस्थापन, पार्किङ स्थलको व्यवस्थापन, लाइटिङ तथा प्रचार प्रसार सामग्रीको व्यावस्थापन लगायतका काम बाँकी रहेको भण्डारीले जानकारी दिए । १४ वर्षपछि यस क्षेत्रमा राष्ट्रिय स्तरको प्रतियोगिता हुन लागेका कारण दर्शकको चाप विगतभन्दा बढी हुने अपेक्षा गरिएको उनले बताए ।

३ विभागीय र ७ प्रदेश गरी १० टिमको सहभागिता रहने प्रतियोगिता राष्ट्रिय भलिबल संघको नियमानुसार सञ्चालन गरिने भएकाले सोही अनुशासर व्यवस्थापनमा लागिएको क्लबका वरिष्ठ उपाध्यक्ष किशन चन्दले जानकारी दिए । विगतभन्दा फरक र उत्कृष्ट खेलाडीहरु बीच प्रतिस्पर्धा हुने भएकाले यस पटक दर्शकको चाप पनि बढ्न सक्ने भएकाले सोही अनुसार व्यवस्थापनमा लागिएको उनले बताए । प्रतियोगिता अवधिभर मैदानको चारैतर्फ कारपेट बिच्छ्याएर धुलो नउड्नेगरी व्यवस्था गरिने चन्दले जानकारी दिए । प्रतियोगिता अवधिभर आवश्यक सुरक्षा प्रवन्धका लागि पनि क्लबका सदस्यहरुलाई स्वयम्सेवक बनाएर परिचालन तथा सुरक्षा निकायहरुसँग समन्वय गरी प्रवन्ध मिलाइने क्लबका संस्थापक अध्यक्ष तथा सल्लाहकार मिलन रानाले जानकारी दिए । यस क्षेत्रकै गौरवको रुपमा रहेको प्रतियोगिता भएकाले सम्पूर्ण व्यवस्थापनको खर्च बढी लाग्ने भएकाले दर्शकलाई प्रवेश शुल्कमा समेत विगतभन्दा वृद्धि हुन सक्ने उनले जानकारी दिए । यस पटकको प्रतियोगितामा प्रवेश शुल्क न्युनतम २ सय रुपैयाँ कायम हुन सक्ने आयोजकले जनाएको छ ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा प्रथम पुरस्कार २ लाख १ रुपैयाँ नगद राशीसहित कप, मेडल र प्रमाणपत्र रहेको छ भने द्वितीय हुनेले १ लाख ५० हजार १ रुपैयाँ नगद राशी प्राप्त गर्ने आयोजकले जानकारी गराएको छ । यसैगरी तृतीय हुनेले १ लाख १ रुपैयाँ र सान्त्वना हुने समुहले ५० हजार १ रुपैयाँ नगद राशी प्राप्त गर्ने प्रतियोगिताका संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए ।

यसैगरी प्रत्येक खेलमा म्यान अफ द म्याचलाई नगद राशीले सम्मान गरिने तथा विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई १० हजार नगद राशीले सम्मान गरिने छ भने उत्कृष्ट सेटर, ब्लकर, सर्भर, डिफेन्स, स्पाईकर, प्रशिक्षक र अनुशासित खेलाडीलाई जनही ५ हजार नगद राशीले सम्मान गरिने गरिने संयोजक गुरुङले जानकारी दिए ।

प्रतियोगितामा सहभागी सम्पूर्ण टिमका लागि आवास, यातायात तथा दैनिक भत्ताको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । खेलाडीहरुका लागि खेल अवधिभर १ लाख रुपैयाँसम्मको दुर्घटना स्वास्थ्य बीमाको समेत गरिएको छ । १४ वर्षपछि यस क्षेत्रमा राष्ट्रिय स्तरको प्रतियोगिता हुन लागेका कारण दर्शकको चाप विगतभन्दा बढी हुने अपेक्षा गरिएको छ । २०६६ सालदेखि जिल्ला स्तरीयहुँदै प्रदेश स्तरका प्रतियोगिता गर्दै आएको मणिमुकुन्द भलिबल क्लबले यस पटक भने राष्ट्रिय स्तरको प्रतियोगिता गर्न लागेको हो ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ५ : ३५ बजे

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary

एउटै पार्टीलाई बहुमत दिएर इतिहास रच्ने समय आयो : रवि लामिछाने

तम्घास । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान