११ श्रावण २०८३, सोमबार | July 27, 2026

रुपन्देहीमा ‘तेस्रो युवा उद्यमी सम्मेलन-२०२४’ सम्पन्न



बुटवल । युवा उद्यमी मन्च रुपन्देहीको आयोजनामा ‘तेस्रो युवा उद्यमी सम्मेलन-२०२४’ सम्मेलन सम्पन्न भएको छ । माघ १३ गते शनिबार तेस्रो युवा उद्यमी सम्मेलन २०२४’ भएको हो ।

कोटिहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि, ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति, प्रमुख बक्ताका रुपमा निमबुस समुहका एमडी आनन्द बगारिया, प्यानल छलफलमा मध्यस्थ कर्ता पत्रकार रुपेश श्रेष्ठ रहेका थिए ।

कार्यक्रममा प्यानल सदस्यमा नेपाली युवा उद्यमी मन्च रुपन्देहीका सस्थापक अध्यक्ष आनन्द वझा एनएमबी बैंक लिमिटेडका एमएसएमई र एसएमई प्रमुख उत्सव घिमिरे, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी, एकादेसमा कम्पनीका सह-संस्थापक तथा सीईओ अनुजा राजभण्डारीको सहभागीता रहेको थियो ।

यस्तै उद्यमी प्रेरणादायक कथा सुनाउन पूर्व मिस नेपाल तथा माकुसे ब्रान्डका प्रमुख कार्यकारी अधिकृत अनुष्का श्रेष्ठ, दराज नेपालका बजार प्रमुख प्रशान्त बुर्लाकोटी, उद्यमशीलता यात्रा ओहो केक काठमाडौंका प्रमुख सन्तोष पाण्डे, हाइलाइफ फूड र पहाडी फूडका संचालक प्रशान्त घिमिरे, इभी पावर इनर्जी एण्ड फर्टिलाइजर प्रा लिका संचालक अभिरथ अग्रवाल काठमाडौं किंग्स कलेजका डिजिटल रणनीति प्रमुख आलोक खत्री लगायत विशेष उपस्थिती रहेको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्जवल कसजु, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठ, युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष साहारा जोशी, रुपन्देहीका अध्यक्ष सन्देश श्रेष्ठ लगायतले आआफ्नो भनाई राखेका थिए ।

सम्मेलनमा रुपन्देही र अन्य विभिन्न स्थानमा १४ वटा स्टल समेत सहभागी रहेका थिए । सस्थाले आज भन्दा पहिला दुई पटक जुत्ता मेला र २०१८ मा पहिलो महिला उद्यमी सम्मेलन, २०२१ मा पहिलो युवा उद्यमी सम्मेलन, २०२२ मा दोसो युवा उद्यमी सम्मेलन सफलता पुर्वक सम्पन्न गरेको युवा उद्यमी मन्च रुपन्देहीका अध्यक्ष सन्देश श्रेष्ठले बताए । त्यसैगरी यहि वर्ष रुपन्देहीमा पहिलो उद्यमी बुटक्याम्प २०२३ पनि सफलतापुर्वक सम्पन्न गरेको श्रेष्ठले बताए ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ८ : ५२ बजे

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको

कर्फ्युका बीच सुनसरीको कप्तानगन्ज क्षेत्रमा प्रदर्शन, सरकारद्वारा छानबिन समिति गठन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार मध्यराति दुई समुदायबीच

खजुरा क्षेत्रमा अव लो भोल्टेजको समस्या नआउने

खजुरा । उपभोक्ताहरुबाट लामो समयदेखि लो भोल्टेजको गुनासो आएपछि विद्युत