८ पुस २०८२, मंगलबार | December 23, 2025

एकीकृत समाजवादीमा हट्यो ७० वर्षे उमेर हद



काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले पार्टी नेताहरूको उमेर हद हटाएको छ। काठमाडौंमा आइतबार र सोमबार दुई दिन बसेको दोस्रो केन्द्रीय परिषद् बैठकले यसअघि रहेको ७० वर्षीय उमेर हदको प्रावधान हटाएको हो।

यससँगै सम्मानित नेता झलनाथ खनालसहितलाई पार्टीको नेतृत्व लिन अब उमेर हदको तगारो हटेको छ। समाजवादीले यसअघि नै उमेर हद हटाउने गरी अघि बढाएको प्रस्तावलाई परिषद् बैठकले पारित गरेको हो।

यस बैठकले केन्द्रदेखि तल्लो तहसम्मका कमिटीका पदाधिकारी र सदस्यहरू सबै प्रत्यक्ष निर्वाचित हुने व्यवस्थासहित विधान पनि संशोधन गरेको छ।

समाजवादीले अब केन्द्रीय कमिटी १९९ जनाको हुने निर्णय पनि गरेकोछ। समाजवादीले केन्द्रीय पदाधिकारी १९ सदस्यीय हुने जनाएको हो।

समाजवादीले प्रदेश कमिटी ७५ देखि ९९ सदस्यीय बनाउने गरी विधानमा व्यवस्था गरेको छ। प्रदेश कमिटी पदाधिकारी ७ सदस्यीय हुने बताइएको छ भने जिल्ला कमिटी ५५ सदस्यीय हुने भएको छ। जिल्लाका पदाधिकारी पनि ७ जनाको कायम गरिएको छ।

बैठकले १ भन्दा धेरै संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा भने त्यो संख्या बढ्ने जनाएको छ। समाजवादीको गाउँ/नगरपालिका कमिटी ४५ सदस्यीय हुने गरी व्यवस्था गरिएको छ। कुनै पालिकामा ५ भन्दा धेरै वडाहरू भएको अवस्थामा २ जना थप्दै लगिने छ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ६ : ३७ बजे

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक