३ भदौ २०८३, बुधबार | August 19, 2026

अहिलेको स्वतन्त्रता र नागरिक अधिकार शहीदको बलिदानको प्रतिफल : पूर्वराष्ट्रपति भण्डारी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हामीले अहिले उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदको बलिदानको प्रतिफल भएको बताएकी छिन ।

शहीद दिवस २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले शहीदको बदिलानकै कारण स्वाधीन र सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको स्वतन्त्र नागरिकका रूपमा उँचो शिर लिएर बाँच्न पाएको उल्लेख गरेकी छिन ।

पूर्वराष्ट्रपति भण्डारीले शहीदको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षा गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य पूरा गर्नेतर्फ सबै अग्रसर हुनु नै शहीदप्रति सच्चा श्रद्धान्जली हुने बताइन ।

निरङ्कुस र तानाशाही शासन व्यवस्थाको स्मरण गर्दै उनले पहिलाका दिनमा हामी ‘नागरिक’ हैन ‘रैती’को रूपमा शिर झुकाएर बाँच्न विवश भएको उल्लेख गरिन ।

“नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका विभिन्न आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने महान् सहिदह धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीलगायत सम्पूर्ण ज्ञात-अज्ञात अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु”, जारी शुभकामना सन्देशमा उनले उल्लेख गरेकी छिन ।

उनले न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाजका साथै समृद्ध राष्ट्र बनाउने शहीदको सपनालाई मूर्त रूप दिन आ-आफ्नो तर्फबाट इमान्दारीताका साथ भूमिका खेल्नुपर्ने बताएकी छिन ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ८ : २३ बजे

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २०८३

एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ?

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको बेला

चार महिनामा ११ हजार सरकारी कर्मचारी सतर्कता केन्द्रको कारबाहीमा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

काठमाडौं । भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको छ