४ श्रावण २०८३, सोमबार | July 21, 2026

खजुराले छान्यो पालिकाका उत्कृष्ट प्रतिभा



खजुरा । खजुरा गाउँपालिका अन्तर्गत रहेको खजुरा प्रज्ञा प्रतिस्ठानले खजुरा क्षेत्रमा रहेका बिभिन्न बिधाका प्रतिभाहरुको पहिचान गरि पुरस्कृत गरेको छ ।

३ दिन सम्म बिबिध कार्यक्रम गरि अन्तर बिद्यालयहरुबाट फरक फरक बिधाका प्रतिभाहरुको पहिचान गरिएको खजुरा प्रज्ञा प्रतिस्थानले जनाएको छ । आन्तरिक प्रतिस्पर्धाका आधारमा मेरो खजुरा शिर्शक मा गरिएको कार्यक्रमहरुबाट गायन बिधामा नेरामाबीका विपना परियार, नृत्य बिधामा ज्ञानोदय माबीकी करुणा शाही, चित्रकलामा अरुणेदय माबीकी स्मृर्ती राना उत्कृष्ट बनेका छन् ।

त्यसैगरि कविता बिधामा जनता माबी सन्तकुटीका सगुन मल्ल, बक्तृत्वकलामा जनताकै कोशिका खड्का, निबन्ध तर्फ दिपक माबीकी संस्कृती कुर्मी र उखानमा दिपक माबीकै विप्लव मल्ल उत्कृष्ट भएका छन् ।

उत्कृष्ट नम्बर ल्याउने प्रतिभाहरुलाई खजुरा गाउँ पालिकाले नगद सहित पुरस्कृत गरेको छ । प्रतिभा घोषणाभिामा बोल्ने बक्ताहरुले प्रतिभा पहिचान संगै उनीहरुको संरक्षण गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

खजुरा प्रज्ञा प्रतिस्ठानका उपकुलपति डा. इन्द्र भण्डारीको अध्यक्षतामा भएको घोषणा सभामा प्रतिस्ठानका कुलपति तथा पालिका अध्यक्ष डम्बर बिक, उपाध्यक्ष मन्जु मल्ल, सदस्य सचिव मणी अर्याल, सदस्य माधव शर्मा लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  १० : १० बजे

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन

काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा