७ चैत्र २०८२, शनिबार | March 22, 2026

लुम्बिनी प्रदेश खेलकुद परिषदले थाल्यो राष्ट्रपति रनिङशिल्डको छनौट प्रतियोगिताको तयारी



बुटवल । यसवर्षको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको लुम्बिनी प्रदेशको छनौट खेल बुटवलमा हुने भएको छ । खेलकुद क्षेत्रमा नयाँ खेलाडी छनौटको प्रवेश द्वार मानिएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको प्रदेश छनौट खेल यस वर्ष पनि बुटवलमा आयोजना हुने भएको हो ।

छनौट खेललाई मर्यादित र भब्य बनाउन प्रदेश खेलकुद परिषदले तयारीलाई तिब्र पारेको छ । प्रतियोगिताको पूर्व तयारीका क्रममा आज प्रदेश खेलकुद परिषद लुम्बिनीको संयोजनमा सुरक्षा निकाय, खेलकुद संघ, विशेष आमन्त्रित सदस्यहरुसहित निर्देशन समितिको बैठक बसेको छ । बैठकले प्रदेश छनौट प्रतियोगिता फागुन ११ देखि १३ गतेसम्म रुपन्देहीमा गर्ने निर्णय गरेको हो ।

राष्ट्रपति रनिङशिल्डमा लगातार दुई वर्ष उत्कृष्ट बनेको प्रदेशबाट यस वर्ष पनि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताबाठ उत्कृष्ट हुने लक्ष्य सहित प्रदेश खेलकुद परिषद लुम्बिनी छनौटको तयारीमा लागेको प्रदेश खेलकुद परिषदका सदस्यसचिव जयप्रकाश भट्टराईले बताए । न्युन बजेटमा उत्कृष्ट प्रतियोगिता आयोजना गर्ने चुनौती आईपरेको उनले बताए ।

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता संचालन (पाँचौ संशोधन) निर्देशिका २०८० अनुसार रुपन्देहीमा प्रदेश प्रतियोगिता गर्न तयारी बैठक बसेको उनले जानकारी दिए। यसपटक भलिबल, कबड्डीमा महिला र पुरुष गरी २/२ टिम, एथलेटिक्स (महिला र पुरुष) गरी ११/११, उसु, तेक्वान्दो र कराँते अफिसियल खेलका रुपमा सहभागिता हुनेछ ।

यसैगरी १२ जना खेलाडी, १/१ जना प्रशिक्षक र ब्यवस्थापक रहने छन् । भलिबलमा १०/१० जना खेलाडी, एक जना ब्यवस्थापक र एक जना प्रशिक्षकमध्ये एक जना महिला हुने प्रावधान छ । प्रदेशबाट केन्द्रमा ११५ जना खेलाडीले भाग लिन पाउने प्रावधान छ । यसैगरी छनौटको आधारमा मार्शल आर्टमा प्रथम खेलाडीले मात्र भाग लिन पाउने छन् । दोस्रो हुने खेलाडीले भाग लिने प्रावधान खारेज गरिएको छ ।

१४ औ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता काठमाडौमा फागुन १६ देखि १८ गतेसम्म हुने छ । खघिल्ला वर्षमा जस्तै लुम्बिनी प्रदेशबाट उत्कृष्ट खेलाडीहरु पठाइने उनले दाबी गरे ।

सदस्य सचिव भट्टराईका अनुसार प्रदेशका १२ वटै जिल्लामा अहिले प्रदेशका पालिकाहरुमा छनौट खेल सकेर अब जिल्ला छनौटको तयारी भैरहेको छ । माघ मसान्तभित्र जिल्लास्तरीय प्रतियोगिता सम्पन्न गर्न निर्देशन दिईसकेको जनाउँदै उनले योसंगै प्रदेशको तयारीमा लाग्ने बताए ।

पालिकास्तरमा संचालन भएका प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले जिल्ला स्तरिय प्रतियोगितामा भाग लिने र जिल्लाबाट उत्कृष्ट भएको प्रदेशमा जाने ब्यवस्था गरिएको भट्टराईले बताए । प्रदेशबाट उत्कृष्ट छनौट भएका खेलाडीहरु राष्ट्रिय प्रतियोगितामा भाग लिन जाने उनले बताए । गाउँपालिकाहरुले आफुखुसी मेयर कप नाम राखेर छनौट खेल खलाउको प्रति भने उनले आपत्ति जनाए । ‘मेयर नै नभएका गाउँपालिकाहरुले मेयर कप खेलाएर मेयरको सलामी खाए,’ उनले भने, ‘यो अनावश्यक तामझामले प्रतियोगितालाई खर्चालु बनाएको छ ।’

कार्यक्रममा पुर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले उद्घाटन सत्रमा मार्चपास सहित खेल संस्कारलाई विकास गर्ने र खेलाडीलाई आकर्षित बनाउन सुझाव दिएका थिए ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ६ : ३७ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा